देश

लोकसेवाका लिखित परीक्षा स्थगन

काठमाण्डौं । लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ । रासस पुरा पढौ

स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक… पुरा पढौ

खेल पत्रकार हिमेशलाई सहाराको विशेष सम्मान

खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यलाई सहारा क्लव पोखराले विशेष सम्मान गरेको छ । सहारा क्लवले आयोजना गर्ने आहा ! रारा गोल्डकपको इतिहास सम्बन्धी पुस्तक लेखेका पत्रकार बज्राचार्यलाई सहारा क्लवले दोषल्ला ओढाएर विशेष सम्मान गरेको हो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज गुरुङ, महासचिव रामजीप्रसाद अधिकारी, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली लगायतले विष्टलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए । पुरा पढौ

अञ्जन बने ‘सहारा प्लेयर अफ दी इयर’

पोखरा, माघ ६ नेपालका राष्ट्रिय खेलाडी अञ्जन विष्ट सहारा उत्कृष्ट वर्ष खेलाडी (सहारा प्लेयर अफ दी इयर) घोषित भएका छन् । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर तथा मनाङमस्र्याङ्दी क्लवका टिम क्याप्टेन विष्ट सहारा क्लव पोखराले वर्षेनी प्रदान गर्ने सहारा उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन् । विष्टलाई सहारा क्लव पोखराले आयोजना गरेको २० औं आहा ! रारा गोल्डकपको उद्घाटनको अवसरमा नगद ३५ हजारसहित सम्मानपत्र र दोषल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज… पुरा पढौ

पाँच दलीय समन्वय समितिको बैठक स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो । पुरा पढौ

शीतलहरबाट जनजीवन प्रभावित

कलैया । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि कलैयाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ । त्यसैगरी मधेस प्रदेशको… पुरा पढौ

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

मलङ्गवा । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी ९एचडियू० बेड तयार पारेको छ ।अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिए । अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको पनि उनले बताए । अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको… पुरा पढौ

उपल्लो डोल्पाको सडकका लागि बजेट थप

जाजरकोट । भेरी करिडोरअन्तर्गत दुनै–मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउन सहमति जनाएकोे छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमणमा जाँदा थप बजेट उपलब्ध गराउन माग भएकाले अर्थ मन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका सचिव कृष्ण केसीले जानकारी दिए । भेरी करिडोरका रु एक अर्ब २० करोड बजेट चौरजहारी सडक डिभिजन कार्यालयमा पहिल्यै आइपुगेको त्यहाँका प्रमुख ध्रुवकुमार झाले बताए… पुरा पढौ

दूधको मूल्य समायोजन गर्ने तयारी गरिदै

काठमाडौ । सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । प्रतिवेदनमा पशुलाई खुवाउने आहारा(दाना, चोक्कर, ढुटो, पिना, पराल र घाँस)को मूल्य धेरै बढेको तर दूधको मूल्य साढे दुई वर्षसम्म यथावत् रहेको हुँदा किसान घाटा खाएर दूध बेच्न बाध्य रहको उल्लेख छ ।… पुरा पढौ

जिल्लामा माघ महिनाभर सभा, भेला गर्न नपाइने

काभ्रे । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधबार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म… पुरा पढौ