देश

नेविसंघको मशाल जुलुशमा प्रहरी हस्तक्षेप

संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संसद विघटन गर्ने कदम प्रतिगमन भाग २ भन्दै नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो । जुलुश निस्केको केहि बेरमै प्रहरीले हस्तक्षेप गरेको नेविसंघका नेता सरोज केसीले एभरेस्ट आवाजलाई जानकारी दिए । उनले भने,‘हामीले मशाल जुलुश निकालेलगत्तै प्रहरीले हस्तक्षेप ग¥यो, केहिलाई लाठीचार्जपनि गरेको छ ।’ यसैबीच, घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ… पुरा पढौ

बक्सिङ संघको साधारणसभा स्थगित गर्न राखेपको निर्देशन

नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ। राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएको हो । नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा गर्न लागेको हुनाले स्थगित गर्न संघ तथा समन्वय इकाइका प्रमुख सरोजकुमार पोखे्रलद्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ। निर्देशन पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ङ) बमोजिम परिषद्बाट अर्काे निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरी सोको जानकारी राखेपलाई गराउनहुन… पुरा पढौ

मध्यरातमा संसद विघटन, मध्यरातमै मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातपछाडि प्रतिनिधिसभा भंग गरेकी छन्। संसदमात्र भंग गरेकी छैनन् साथसाथै मध्यावधि चुनावको घोषणा समेत गरेकी छन्। मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको थियो। बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि… पुरा पढौ

नागरिकलाई बचाउन पोखरा पर्यटन परिषदको अपिल

कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशिघ्र खोप व्यवस्थ गरेर नागरिक को जिऊ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ । परिषद् एक विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कदम चाल्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ “दिनप्रतिदिन बढ्दो सङ्क्रमीतको संख्या र सङक्रमणका कारण मृत्यु हुनेको ग्राफ उकालो लागिरहेको छ । यस अघि दुई चरणसम्म कोभिडबिरुद्धको राष्ट्रिय खोप कार्यक्रमले सर्वसाधरणमा आत्मबल बढाएको थियो तर अहिले खोप आयात… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले भर्चुअल रुपमा मनायो स्थापना दिवस

चलचित्र पत्रकार संघको २२ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष रेम विक, सल्लाहकार भोजबहादुर गुरुङ, जितेश प्रधान, राजाराम पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार समाजको सम्भाहक भएको बताइन् । चलचित्रले सिङ्गो देश परिवर्तनमा महत्वपूर्ण… पुरा पढौ

पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री सहयोग

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।कोरोना महामारीमा अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि डा. आचार्य र समाजेसवी गुरुङले छ हजार थान मास्क र १५ लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको हो । डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् । डा. आचार्य पोखरा स्वास्थ्य विज्ञान निर्देशनालयका निःवर्तमान… पुरा पढौ

कांग्रेस अन्य दलसँग छलफल गरी अघि बढ्ने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए… पुरा पढौ

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा सहयोग गर्ने

काठमाडौं। अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ । (रासस) पुरा पढौ

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको राससलाई जानकारी दिए । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।… पुरा पढौ

प्रधानमन्त्रीको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन्। राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै आज जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ। उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका… पुरा पढौ