देश

लमजुङमा फेरि पनि भूकम्प जान सक्छ, सतर्कता अपनाऔँ

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङ जिल्लामा फेरि पनि पराकम्प जान सक्ने बताउँदै त्यहाँको स्थानीय वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्र आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान ५ : ४२ बजेदेखि राति १० ३९ बजेसम्म ४ म्याग्निच्युड भन्दा बढिको ३ पटक र ४ म्याग्निच्युडको २ पटक गइसकेको बताउँदै केन्द्रले अझै पराकम्प आउन सक्ने भन्दै त्यहाँ सजग रहन आग्रह गरेको हो। एकैदिन बुधबार पटक पटक लमजुङ भुलभुलेलाई केन्द्र बनाएर भूकम्प गएको थियो। बुधबार बिहान ५ : ४२… पुरा पढौ

गोदार बने पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्ष

मुवाथाई प्रशिक्षक दीपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । पोखरा महानगरपालिकाले महानगर भित्र खेलकुदको विकास र बिस्तार गर्नका लागि स्थापना गरेको पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदारलाई नियुक्त गरेको हो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी गोदार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व कोषाध्यष हुन् । उनी खेलाडी संघ कास्कीका अध्यक्षसमेत हुन् । पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीयअस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । दोश्रो पटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेसँगै बुधबार बसेको पहिलो बैठकले सो अस्पताललाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । संघ सरकार मातहत रहेको सो अस्पताललाई अघिल्लो वर्ष कोभिड डेडिकेटेड अस्पताल बनाइएको थियो । तर कोरोना संक्रमणले महामारीको रुप लिएपछि प्रदेश सरकारले अस्पताललाई कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारको अस्पताल बनाउने निर्णय गरेको मुख्यमन्त्री… पुरा पढौ

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लमजुङका अधिकारी नियुक्त

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा.भीष्म अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री परिषद गठन भएलगत्तै आज बसेको पहिलो बैठकले मुख्यमन्त्री गुरुङको गृहजिल्ला लमजुङको सुन्दरबजार निवासी अधिकारीलाई मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । यसअघी मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नेकपा एमाले गण्डकी प्रदेश सचिव गोबिन्दबहादुर नेपाली थिए । पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बिहीबार

काठमाण्डौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन… पुरा पढौ

एकै दिन तेह्र अन्तरराष्ट्रिय उडान

काठमाण्डौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम ९एयरलाइन्स० को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा… पुरा पढौ

प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन्। उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरे । वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, (नेकपा माओवादी केन्द्र) र जनता… पुरा पढौ

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न- नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिए। मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको… पुरा पढौ

लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्नीच्युडको भूकम्प गयो

लमजुङ जिल्लाको भुलभुलेलाई केन्द्र विन्दु बनाएर आज (बुधबार) बिहान ५ : ४२ बजे ५.८ म्याग्नीच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रका सूचना अधिकृत नारायण बाँस्कोटाले जनाएका छन्। पोखरा लगायत गोरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का ठूलो महसुस गरिएको थियो। भूकम्पबाट लमजुङको २ घर भत्किएको भूकम्पबाट कहाँ के कति क्षतिबारे भने प्रारम्भिक जानकारी आउन थालेका छन्। श्रोतका अनुसार भूकम्पले लमजुङको बेसीसहरमा २ वटा घर भत्किएका छन् भने २ जना घाइते भएका छन्। घाइतेको उपचार भैरहेको जनाइएको छ।… पुरा पढौ

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाण्डौं । नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आवहन गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए । उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान… पुरा पढौ