देश

प्रधानमन्त्रीको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन्। राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै आज जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ। उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका… पुरा पढौ

प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउने मन्त्रिपरिषद् निर्णय

काठमाण्डौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउन आह्वान गर्ने निर्णय गरेको छ । बैठकले जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरु भने अनुपस्थित भएका थिए । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानपानी मन्त्री मणी थापा, शहरी विकासमन्त्री प्रभु साह, युवा थगा खेलकुद मन्त्री दावा… पुरा पढौ

देशभर ८३०५ मा कोरोना संक्रमण हुँदा ६५४३ कोरोनामुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । ६ हजार ५४३ जना भने निको भएका छन् । नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म… पुरा पढौ

राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पुरा पढौ

बादललाई १०७४ मतभारले हराउँदै देवकोटा बिजयी

राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा.खिमलाल देवकोटा बिजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवम एमालेका आधिकारिक उमेदवार रामबहादुर थापा (बादल)लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित देवकोटा नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन रहेको थियो । निर्वाचित देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित थापाले ४ हजार १४ मतभार प्राप्त गरे । पुरा पढौ

विपदमा जनताको साथ रहने कास्की काँग्रेसको प्रतिवद्वता

कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल शुरु गरेको छ ।कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।अहिलेको कोराना महामारी र वर्षा मौसयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको कास्की काँग्रेसका प्रवक्ता… पुरा पढौ

‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर

काठमाण्डौं । केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ । ‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए । यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा… पुरा पढौ

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौं । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए। तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान… पुरा पढौ

रेम्डेसिभिर नेपालमा उत्पादन हुने

काठमाडौँ। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ । यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब… पुरा पढौ

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटीमा परिवर्तन हुँदै

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी संचालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ। देशमा कोरोना (कोभिड–१९)को सङ्कट भइरहेको अवस्थामा ८ लाखभन्दा विद्यार्थीलाई कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो। परीक्षाको मोडालिटीबारे अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। जेठ १३ गतेबाट एसईई तथा जेठको अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने बोर्डको तालिका थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा… पुरा पढौ