देश

प्रदेश सरकारलाई सांसद कोइरालाको सुझाव : सिधै खोप खरिद गरेर प्रदेशबासीलाई लगाउ

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले खोपका लागि संघ सरकारको भर नपर्न सुझाव दिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आह्वान गरेको सर्बदलीय बैठकमा बोल्दै प्रदेश सांसद तथा समिति सभापति कोइरालाले सिधै खोप खरिद गरेर प्रदेशबासीलाई खोप उपलब्ध गराउन सुझाव दिएका हुन् । संघ सरकारले खोप कहिले ल्याउँछ थाहा छैन, बैठकमा उनले भनेका थिए, कोरोना महामारी नियन्त्रण र न्यूनिकरण गर्ने भनेको खोपले मात्र सम्भव देखियो, त्यसैले संघ सरकारको भर नपरी प्रदेशले… पुरा पढौ

एभरेस्ट एफएमको पहलमा फेवातालका डुंगा चालकहरुलाई राहत वितरण

फेवाताल पोखराको मात्रै नभई गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । पोखरा आएका लगभग शतप्रतिशत पर्यटक फेवाताल पुग्छन् । त्यसमध्ये अधिकांशले डुंगा सयर गर्छन् । कतिपयले डुंगा व्यवसाय गरेरै अर्थोपार्जन राम्रै गरेका छन् । फेवाताल छ र त्यहाँ डुंगा चलेकैले पोखराको लेकसाईडमा पर्यटकको चहलपहल बाक्लो हुन्छ । अझ भनौं फेवाताल हेर्न र त्यहाँ डुंगा सयर गर्न आएका पर्यटककै कारण पोखराको पर्यटन धानिएको छ भन्दा अत्यूक्ति नहोला । जसका कारण पोखरेली पर्यटन व्यवसायीले राम्रै आम्दानी गरेको ऐनाजस्तै छर्लङ्ग छ । तर… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापनासँगै आईसियू बेडपनि थपिने भएको छ । नागरिक स्तरबाटै आर्थिक संकलन गरेर पश्मिचमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने भएको हो । बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहलमा शुरु भएको अक्सिजन प्लान्ट निर्माणलाई हाल महा अभियानको रुपमा अगाडि बढाइएको छ । जस अन्तर्गत अहिले ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन भइरहेको छ । कोषमा हालसम्म साढे ३… पुरा पढौ

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ । सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको… पुरा पढौ

१४६ निवर्तमान सांसदबाट रिट निवेदन

काठमाण्डौं । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । कांग्रेस सभापति देउवा, नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् । पुरा पढौ

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

नेपाली काँग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज (सोमबार) सर्वोच्च अदालत जाने भएका छन् । काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद आज (सोमबार) सर्वोच्च जान लागेका हुन्। प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको गठबन्धन आज सर्वोच्चमा रिट लिएर जान लागेको हो। उनीहरू काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा बैठक तोक्न परमादेश माग्ने तयारीमा छन्। यसअघि हिजो नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने… पुरा पढौ

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, भोलि रिट दायर गर्ने

काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका निवर्तमान सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको प्रतिलिपिलगायत कागजात सङ्कलन गरिएको छ । सङ्कलन गरिएको हस्ताक्षरसहितको रिट निवेदन आजै सर्वोच्च अदालतमा दर्ता गर्ने तयारी गरिएको भए पनि समय… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्दत – कास्की काँग्रेस

नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ । जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई… पुरा पढौ

माओवादी केन्द्र कास्कीले कोभिड बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने

नेकपा माओवादी केन्द्रले कास्कीमा नोभल कोरोना भाइरस (कोभिड–१९)बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र कास्कीले कोभिड–१९ को लहरका कारण कोभिड संक्रमण बिस्तार भइरहेको र यसका कारण कयौंको ज्यान गइरहेको भन्दै नागरिकको जीवन बचाउनका लागि वडा स्तरसम्मै कोभिड–१९ बिरुद्ध स्वयम्सेवा अभियान सञ्चालन गर्ने जनाएको हो । नेकपा माओवादी केन्द्र कास्कीका सचिव बखानसिंह गुरुङले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका वडा एकाईहरुलाई वडा वडामा स्वयम् सेवा एकार्य गठन गरि स्वयम् सेवा अभियान सञ्चालन गर्न आह्वान… पुरा पढौ

संसद विघटन जनता र मुलुक प्रतिको गद्धारी हो : नागरिक समाज पोखरा

पोखरेली नागरिक अगुवाहरुले संसद पुर्नस्थापना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका छन् । पोखरेली नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन जनमत र नेपालको संविधान विपरित भएकाले त्यसलाई खारेज गरी संसद पुर्नस्थाना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका हुन् । यसरी माग गर्नेहरुमा नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धर, बरिष्ठ अधिवक्ता तीलक पराजुली, नागरिक समाजका पूर्व अध्यक्ष रामबहादुर पौडेल, समाजका निवर्तमान अध्यक्ष विष्णुहरी अधिकारी र सशी तुलाचन रहेका छन् । नागरिक अगुवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी… पुरा पढौ