देश

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन एप’ र ‘वेबसाइट’ युआरएल बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल,… पुरा पढौ

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय,शैक्षिकसत्र वैशाख १५ बाट

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । त्यस्तै बैठकले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने निर्णय समेत गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय… पुरा पढौ

फेवा महोत्सवलाई बिभिन्न संघ संस्थाले सघाउने

यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए ।महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा… पुरा पढौ

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

एभरेस्टकर्मिद्वयलाई पितृशोक

एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय श्रेष्ठको… पुरा पढौ

फेवातालको अतिक्रमित संरचनामा चल्यो महानगरको डोजर

सन्देश श्रेष्ठपोखरा, चैत १८ पोखराको फेवातालमा निर्माण गरिएको अतिक्रमित संरचनामा डोजर चलेको छ । पर्यटनको राजधानी पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा बनेका अतिक्रमित संरचनामा पोखरा महानगरपालिकाले एकाविहानै डोजर चलाएको हो । राती सुत्दासम्म संरचना भत्किदैछ भन्ने थाहा नपाएका स्थानियले राती डोजर चल्न थालेपछि भने झस्याङ्ग भएका थिए । जसै संरचनामा डोजर चल्न थाल्यो तब स्थानियले विरोध गरेका थिए भने डोजर चलाउन अवरोध गर्ने प्रयास गरेका थिए । तर नेपाल प्रहरी र महानगर प्रहरी लिएर गएको महानगरले अवरोधका बाबजुद अतिक्रमित संरचना… पुरा पढौ

मदरल्याण्ड माविले ग¥यो १२ का विद्यार्थीको बिदाई

पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । बिदाई कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुईवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए । ‘कतिपय विद्यार्थीले नर्सरी देखि नै पढेका थिए । त्यो आधारमा कतिपयले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने, ‘विश्वविद्यालयको ढोका बल्ल खुल्न थालेको हो । विश्वविद्यालयको ढोका खुलेसँगै विद्यार्थीको भविश्यको बाटो पनि तय… पुरा पढौ

१४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको निष्कर्ष निकालेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष वसन्तकुमार… पुरा पढौ

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ । सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि वातावरण तथा पर्यटन सहकारीले बृहत् सरसफाई अभियानसहित सचेतना कार्यक्रम सम्पन्न गर्यो। तेन्जिङ डोल्मा संस्थाको सहकार्यमा भएको सो सफाई अभियान सहकारी प्राङ्गणबाट शुरु भई त्यस क्षेत्रका बिभिन्न स्थानमा पुगी सम्पन्न भएको थियो । अभियानमा सहभागिहरुले प्लास्टिक संकलन तथा चोक, मैदान र बाटो घाटोको सफाईका बारेमा सचेतना प्रदान गरेका… पुरा पढौ

सहमति अनुसार स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन, नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले… पुरा पढौ