देश

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म… पुरा पढौ

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिदै

पोखरा, पुस १५ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ आज एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ… पुरा पढौ

पोखरा सडक महोत्सवमा न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

पोखरा, पुस १५ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म प्रस्तुती दिनेछन् । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ… पुरा पढौ

सिमलचौरको पशुपतिनाथ मन्दिरको बार्षिक सभा सम्पन्न

शिशिर उजाडपोखरा पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे ।… पुरा पढौ

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताए । आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए । उनले भने, “कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको… पुरा पढौ

पोखरा सडक महोत्सव : डुङ्गा दौडमा संस्थागततर्फ फेवा डुङ्गा व्यवसायी संगठन र समूहतर्फ राई, भण्डारी र परियारको टोली प्रथम

रेवान पोखराको आयोजनामा जारी २७ औ पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी सजेस कङ्साजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार झलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ।संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी… पुरा पढौ

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१… पुरा पढौ

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् । बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिईन् । उनले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै,भोलि एक्स नेपथ्य, उज्जन शाक्यदेखि डि-मर्चासम्म गुञ्जिने

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले आज दिउँसो ल्होसार विशेष कार्यक्रम चलिरहेको छ । आज साँझ भने लाईभ व्याण्ड गुञ्जिेनछ । आज दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलिरहेको अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु… पुरा पढौ