देश

कास्की २ मा एमालेको विजयसँगै झन तेजिलो बनाउछौ–कास्की इन्चार्ज कृष्ण थापा

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं.२ का एमाले उम्मेदवार रश्मि आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् । एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे । बुधबार पोखरा ९ मा उम्मेदवार आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा कास्की इन्चार्ज समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ,पोखरालाई उठाऔं’ भन्ने… पुरा पढौ

मर्दी र अन्नपूर्ण संरक्षण क्षेत्रका व्यवसायीलाई उत्साहित बनाउने कांग्रेस उमेद्वार मनोज गुरुङको अठोट

मर्दी हिमाल ट्रेक र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्रका विभिन्न स्थानमा स्थानीयले विगतदेखि भोगचलन गर्दै आएका ठाउँमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। पितापुर्खाले चरनका लागि गोठ बनाएका ठाउँहरू समयसँगै व्यवसायमा परिणत भए पनि संरक्षण क्षेत्रभित्र परेकाले धेरै व्यवसाय अझै कानूनी मान्यताविहीन छन्। मर्दी ट्रेक क्षेत्रमा केही मापदण्ड बनाएर आंशिक रूपमा वैधानिक बनाउने प्रयास भए पनि व्यवसायीहरू सन्तुष्ट देखिँदैनन्।कास्की क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले संरक्षण क्षेत्रभित्र रहेका व्यवसायलाई वैधानिकता दिलाउन संसदबाटै पहल गर्ने प्रतिबद्धता जनाएका छन्।मत माग्न… पुरा पढौ

कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंनका घटना न्युनःमुख्य निर्वाचन अधिकृत बेल्वासे

शिशिर उजाडपोखरा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विष्यमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको बताए । कास्की जिल्ला अदालतका माननीय न्यायधिश समेत रहेका बेल्वासेले लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन भएको बताउँदै, निर्वाचन बिथोल्ने कार्यले लोकतन्त्र धरापमा पर्ने संकेत गरे । सामाजिक संजालको भरमा परेर गलत सुचना सम्प्रेषण नगर्न आग्रह गदै उनले… पुरा पढौ

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो,गण्डकीमा कर्मचारीलाई तालिम

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ । प्रदेश निर्वाचन कार्यालय , पोखराका अनुसार आयोगबाट प्राप्त सामाग्री प्रत्येक मतदानस्थलमा पठाउने तयारी भईरहेको छ । निर्वाचन… पुरा पढौ

प्ना.डा. न्यौपानेलाई अली मियाँ पुरस्कार

पोखरा, १२ फागुनअली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार २०८२ बाट साहित्यकार एवं समालोचक प्राडा कुशुमाकर न्यौपानेलाई सम्मान गरिने भएको छ । लोककवि अली मियाँको १ सय ८ औं जन्मजयन्तीको अवसरमा यही फागुन १५ गते शुक्रबार हुने समारोहमा नगद ५० हजार र सम्मानपत्रसहित न्यौपानेलाई सम्मान गरिने भएको छ ।पुरस्कृत व्यक्तित्व न्यौपाने करिब चार दशकदेखि नेपाली साहित्य र लोक वाङ्मयको क्षेत्रमा क्रियाशील छन् । साढे ३ दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका न्यौपानेका आधा दर्जनभन्दा बढी अनुसन्धात्मक कृति प्रकाशित छन् । उनले अन्तर्राष्ट्रिय र… पुरा पढौ

साइबर जन्य अपराधका घटना चुनौतीपुर्ण:अध्यक्ष निर्मला शर्मा

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताएकी छन् । पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिमको समापन गर्दै उनले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताईन् । उनले डिजिटल सुरक्षाका बिषयमा सरकार पनि गम्भीर हुनुपर्नेमा जोड दिईन् ।अध्यक्ष शर्माले निर्वाचन आचारसंहिताको पालना गदैृ, नागरिकलाई सही सुचना सम्प्रेषण गर्न सुभलाव दिईन् ।नेपाल पत्रकार महासंघ गण्डकी… पुरा पढौ

अटोवेजले भित्रायो यूरो-मापदण्डको भोल्भो आइसर लक्जरी बस, पोखरा–काठमाडौं चल्ने

सन्देश श्रेष्ठपोखरा, फागुन १२ पोखराको अटोवेज प्रालिले यूरो-६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्राएको छ । बतास कमर्सियल भेईकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रूपमा कार्यरत अटोवेजले गण्डकी प्रदेशमा पहिलो पटक भित्राएको सो अत्याधुनिक गाडी स्वीफ्ट होलिडेले खरिदसमेत गरिसकेको छ । पोखरा–काठमाडौं, काठमाडौं–पोखरा चल्ने सो गाडी चाँडै सञ्चालनमा आउनेछ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले साँचो स्विफ्ट होलिडेज प्रालिका प्रबन्धक निर्देशक मिलन नेपाललाई हस्तान्तरण गरे । यूरो–६ मापदण्डको यस गाडी वातावरणमैत्री रहेको अटोवेज… पुरा पढौ

कास्की–२ : कांग्रेसका वागी उम्मेदवार पौडेलले बास्तोलालाई समर्थन गर्दै त्यागे उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, फागुन १२ कास्की–२ का वागी उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेवारी त्यागेका छन् । कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले एक विज्ञप्ती निकाल्दै उम्मेदवारी त्यागेका हुन् । जेनजी आन्दोलनपछि पनि कांग्रेसले नचेतेको भन्दै उनले वागी उम्मेदवारी दिएका थिए । कास्कीका ३ वटै क्षेत्रमा युवा र महिलालाई उम्मेदवार नबनाएको प्रति उनी आक्रोषित थिए । उम्मेदवारी त्यागेका उनको उम्मेदवारी निस्कृय हुनेछ । उम्मेदवारी फिर्ता गर्ने समय घर्किएकाले उम्मेदवारी कायम रहने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए… पुरा पढौ

पोखराको विकासलाई थप व्यवस्थित गर्ने एमाले उमेद्वार रश्मि आचार्यको योजना

कास्की क्षेत्र नं. २ का नेकपा एमालेका उमेद्वार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ ।फागुन २१ को निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ७ का मतदाता भेट्घाटका क्रममा उम्मेदवार आचार्यले पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै यसको समाधानमा लाग्ने उल्लेख गरे ।शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित… पुरा पढौ

चुनावमा तीन दिन सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने,

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता… पुरा पढौ