देश

चिसोले हुम्लाको जनजीवन कष्टकर

उच्च हिमाली जिल्ला हुम्लामा चार दिन अघिदेखि लगातार भारी हिमपापत परेसँगै त्यहाँको जनजीवन प्रभावित बनेको छ। हिमपात परेपछि हुम्लामा चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।त्यहाँ भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ। मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि हुम्लाको उत्तरी… पुरा पढौ

आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दाको संवैधानिक इजलासमा बहस हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज (बुधबार) देखि शुरु हुँदैछ। सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो। सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ। यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ। नेपाल बार एशोसिएसनको तर्फबाट भने वरिष्ठ अधिवक्ता… पुरा पढौ

वातावरण विभागले भन्यो : दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्

काठमाडौं । मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ । काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । आज बिहान हल्का वर्षा भए पनि तुवाँलो हट्न सकेको छैन । हावा नचल्दा तुवाँलो फाट्न सकेको छैन । सोही कारण मानव स्वास्थ्यमा त्यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ । मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको… पुरा पढौ

पृथ्वीनारायण शाहको तस्वीर अङ्कित मुद्रा निकाल्न सुझाव

काठमाण्डौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उनको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गरे । दुई सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उनीहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् ।… पुरा पढौ

उपल्लो मुस्ताङमा हिमपात

हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताउनुभयो । ‘‘हामी धेरै पोखरा, काठमाडाँैमा… पुरा पढौ

पशुपति क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पशुपति क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् । पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो । भूकम्पले क्षेत्रका पशुपति ९० सम्पदामा क्षति पुगेको थियो । गत हप्ता पशुपति क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो ।… पुरा पढौ

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो । गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले… पुरा पढौ

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो । विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र… पुरा पढौ

तोलामा रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो… पुरा पढौ

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो । मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो ।… पुरा पढौ