देश

शव व्यवस्थापन चुनौती

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ । जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडाँै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई… पुरा पढौ

कोरोना सङ्क्रमणले तीनको मृत्यु

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।… पुरा पढौ

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।यसैगरी मन्त्री कार्कीका… पुरा पढौ

फूलपाती भित्र्याउँदै

बडादशैँको साताँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङ्ख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस पुरा पढौ

लिफ्टिङ खानेपानी आयोजना

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा सञ्चालित दूधकोशी लिफ्टिङ खानेपानी आयोजनाका लागि फलामे पाइप जडान गर्दै प्राविधिक । तीन वर्षभित्र पूरा गर्ने गरि प्रदेश सरकारको रु नौँ करोड ११ लाख छ हजार लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो । तस्वीर ः केदार मगर, रासस पुरा पढौ

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका… पुरा पढौ

करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ… पुरा पढौ

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार… पुरा पढौ

होसियार ! दशैंमा कोरोना कोसेली नबनोस्

के तपाईं दशैं मनाउन मूल घर फर्किदै हुनुहुन्छ ? कि तपाईं आफू भन्दा ठूलाबडाको हातबाट टीका लगाउन आफन्तकोमा जाने योजनामा हुनुहुन्छ ? यदि तपाईं त्यस्तो योजनामा हुनुहुन्छ भने आजै र अहिल्यै सचेत हुनुस्, किनकि तपाईंको त्यो योजनाले दशैं दशामा बदलिन सक्छ । खुसियाली साट्न गएको घरमा रुवाबासीको उत्पात मच्चिन सक्छ । अनि हाँसीखुसी बसेको परिवारमाथि बज्रपात पर्नसक्छ । कारण एउटै छ कि तपाईं जुन हाँसीखुसी भर्न मूल घरमा जानुहुन्छ वा आफन्तकोमा टीका थाप्न जानुहुन्छ त्यहाँ तपाईंको कारण कोरोना सर्न सक्छ… पुरा पढौ

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताउनुभयो । नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताउनुभयो । “क्वारेन्टिनको अवस्था… पुरा पढौ