देश

बडादसैँको आज आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ । यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी,… पुरा पढौ

मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ । कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी९फूलपाती०का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्र्याउँदा समाज… पुरा पढौ

थप साढे चार हजारमा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । सो अवधिमा कोभिडबाट मर्नेको सङ्ख्या १८ छ । हालसम्म कोरोना पुष्टि भएर मर्ने ८२९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा सङ्क्रमण पुष्टि भएको… पुरा पढौ

मैलिकहकसंग जोडिएका १६ वटा ऐन ः कानुनमन्त्री तुम्वाहाम्फे

दशैं तिहारको अवसरमा हेल्थ प्रोटोकल अपनाइ आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफे । तस्वीर ः उमेश नेपाली, रासस पुरा पढौ

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका प्रदान कार्यक्रम नहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ । विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस ९कोभिड९१९० का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।रासस पुरा पढौ

नागरिकले स्वःघोषणा गरे कोभिड–१९ बाट संक्रमितको उपचार सरकारले गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचार सरकारले ज्ञारेन्टी गर्ने बताएका छन् । नेपालीको महान चाँड बडादशैंको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्वाचित वर्तमान सरकार कोरोनाको पहिचान, परीक्षण र उपचार गर्ने दायित्वबाट पछाडि नहट्ने बताएका हुन् । तर त्यसका लागि नागरिकले म आफ्नो खर्चले उपचार गर्न सक्दिनँ भनेर स्वःघोषणा गर्नुपर्ने उनको भनाई छ । कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो,‘उनले अगाडि भनेका… पुरा पढौ

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याउनुभएको छ ।होम आइसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ… पुरा पढौ

फूलपाती बढाई समारोह

फूलपाती बढाई समारोहमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा राइफल पडकाएर बढाई गर्दै । तस्वीर ः प्रदीपराज वन्त, रासस पुरा पढौ

सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी

फूलपाती बढाई समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी साथमा उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर ः प्रदीपराज वन्त, रासस पुरा पढौ

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका… पुरा पढौ