देश

दशैंपछि नेपालमा संक्रमण बढ्छ ? के भन्छन् विज्ञ ?

नेपालीको महान चाड बडादशैं सम्पन्न हुने क्रममा रहेको छ । दशैंमा सबैभन्दा धेरी आवतजावत र घुलमिल हुनु स्वाभाविक हो । योबेला धेरैले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्ने अनुमान गरेका थिए । तर यहिबेला अस्पतालहरुले कोरोना जाँच गर्ने पिसीआर परिक्षण घटायो । जसका कारण संक्रमण बढेको देखिएन, बरु घटेको देखियो । परिक्षणको दायरा नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक नै हो । तर अब बुधबारदेखि पुनः अस्पतालका ल्यावहरुले परिक्षणको दायरा बढाउँदैछन् । जसका कारण संक्रमितको संख्या बढ्नसक्ने… पुरा पढौ

‘सम्झिएर जिन्दगी’सार्वजनिक

चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ । म्युुजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ । आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र… पुरा पढौ

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस… पुरा पढौ

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो,… पुरा पढौ

बेइजिङ अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रुपमा

चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ । प्रदर्शनीमा… पुरा पढौ

धरान चिनाउने धामः दन्तकाली

धरान, ११ कात्तिक(रासस)ः पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिनुभयो । प्रदेश नं १ को धरानमा अधिक कोरोना… पुरा पढौ

आफ्नै कार्यकर्ताले भने, ‘ओलीमाथि पार्टीले कार्वाही गर्न सक्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ताले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कार्वाही गर्नुपर्ने बताएका छन् । नेकपा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य जनकराज पराजुलीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटले राष्ट्रियता र स्वाधिनतामाथि नाङ्गो हस्तक्षेप भएकाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीले कार्वाही गर्न सक्नुपर्ने बताएका हुन् । https://m.facebook.com/story.php?story_fbid=3869736896369895&id=100000008677687 प्रधानमन्त्रीले गम्भीर गल्ती गर्नु भएको छ,‘उनले फेसवुक स्टाटसमा अगाडि लेखेका छन्,‘उहाँले गरेका गल्तीप्रति नेपाली जनता र पार्टी कमिटीमा आफ्नो कमजोरी… पुरा पढौ

चर्चित हास्य कलाकार गजुरेललाईपनि कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सयौं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेता, राष्ट्रपति, प्रधानमन्त्रीको जीवन्त क्यारिकेचर गरेर चर्चा कमाएका गजुरेललाई सोमबार कोरोना संक्रमण पुष्टी भएको हो । गजुरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् । फेसवुक स्टाटसमा उनले लेखेका छन्,‘विहीबार सामान्य टाउको दुख्यो, शुक्रबार ९८ डिग्री ज्वरो आयो, शनिबार ढाड दुखाई महशुष गरेँ, त्यसपछि आईतबार पिसीआर टेस्ट भयो र आज सोमबार कोभिड पोजिटिभ भनेर रिपोर्ट आएको हो ।’ उनले आफूसँगै दाजुलाईपनि कोरोना… पुरा पढौ

पुस्तकसंगका स्मृतिहरु ..

एकमित्रलाई परेको पितृ शोकमा समबेदना व्यक्त गर्न केहि दिन अघि उनको घर गएको थिएं । परिचित पुरोहितसंग पुराना धार्मिक पुस्तक बारे चर्चा भयो । मैले भन्दै थिएं - ‘तपाईंले पुराना पुस्तक जम्मा पारेर सानो पुस्तकालय बनाउनोस् न । धर्म संस्कृति , पठन संस्कृतिको पनि बिकास हुन्छ र पन्डित्याई पेशा मात्र होइन यो सामाजिक जागरणको अभियान पनि रहेछ भन्ने शिक्षा नयाँ पुस्तामा पनि सकारात्मक चेतनाको रुपमा बिकास हुन्छ र यो पेशा अझै मर्यादित हुन्छ’ ।एकजना भाइले बिचैमा रोष प्रकट गर्दै भने-… पुरा पढौ

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका छन् । उनले आज दिउँसो शितल निवासमा गई राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाई दिएका थिए । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलेपनि राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले घरमा भने टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापा रहेकाले ओलीले टीका नलगाएका हुन् । प्रधानमन्त्री ओलीले पत्नी राधिका… पुरा पढौ