देश

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका… पुरा पढौ

करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ… पुरा पढौ

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार… पुरा पढौ

होसियार ! दशैंमा कोरोना कोसेली नबनोस्

के तपाईं दशैं मनाउन मूल घर फर्किदै हुनुहुन्छ ? कि तपाईं आफू भन्दा ठूलाबडाको हातबाट टीका लगाउन आफन्तकोमा जाने योजनामा हुनुहुन्छ ? यदि तपाईं त्यस्तो योजनामा हुनुहुन्छ भने आजै र अहिल्यै सचेत हुनुस्, किनकि तपाईंको त्यो योजनाले दशैं दशामा बदलिन सक्छ । खुसियाली साट्न गएको घरमा रुवाबासीको उत्पात मच्चिन सक्छ । अनि हाँसीखुसी बसेको परिवारमाथि बज्रपात पर्नसक्छ । कारण एउटै छ कि तपाईं जुन हाँसीखुसी भर्न मूल घरमा जानुहुन्छ वा आफन्तकोमा टीका थाप्न जानुहुन्छ त्यहाँ तपाईंको कारण कोरोना सर्न सक्छ… पुरा पढौ

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताउनुभयो । नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताउनुभयो । “क्वारेन्टिनको अवस्था… पुरा पढौ

महिला उद्यमशील केन्द्र सञ्चालनमा

चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार… पुरा पढौ

आजदेखि ५ दिन बैंक नखुल्ने

नेपालीको महान चाँड बडादशैंको सातौं दिन अर्थात आज फूलपातीदेखि पाँच दिन बैंकहरु नखुल्ने भएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण बैंकहरुले शाखाहरु नखोल्ने जनाएका हुन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्नसक्ने सम्भावना देखिएकाले दशैंको सातौं दिन फूलपातीदेखि दशैंको मुख्य दिन बिजयादशमीको भोलिपल्टसम्म नखोल्ने निर्णय गरिएको जनाएको छ । विगतका भने बैंकहरुले दशैंको बिदाका दिनहरुमापनि सिमित शाखाहरु खोलेर सेवा प्रवाह गरेका थिए । बैंकर्स संघका प्रमुख… पुरा पढौ

आज महासप्तमी अर्थात फूलपाती

नेपालीको महान पर्व बडादशैंको आज सातौं दिन, महासप्ती । बडादशैंको आजको दिनलाई फूलपाती भनिन्छ । घटस्थापनादेखि नै दशैं भित्रिएपनि आजदेखि दशैंको मुख्य दिनहरु शुरु हुन्छ । दशैंमा महासप्तमी, महाअष्टमी, महानवमी र बिजयादशमीलाई विशेष मानिन्छ । बडादशैंको सातौ दिन अर्थात महासप्तमीको दिन आज देवी कालरात्री स्वरुपा दुर्गा भवानीको विशेष पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको सातौं स्वरुप कालरात्रीको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेद्य, फलफूल आदि चढाएर पूजा… पुरा पढौ

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस पुरा पढौ

रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थप्ने मन्त्रिपरिषदको निर्णय

कार्तिक ६ काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद १ वर्षका लागि थप गर्ने भएको छ ।कोभिड-१९ का कारण नयाँ निर्वाचन सम्भव नभएको र कामकाज जारी राख्नका लागि बाधा अड्काउ फुकाउने गरी सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले यस्तो जानकारी दिए ।रेडक्रस सोसाइटी उत्पन्न विवादपछि सरकारले गत साउन १२ गते सोसाइटीको कार्यसमिति विगठन गरी तदर्थ समिति बनाउने निर्णय गरेको थियो ।कोरोना संक्रमणको… पुरा पढौ