देश

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई गरी ९१८ जना रहेका छन् कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिनुभयो । उहाँका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् । कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक… पुरा पढौ

रु ८०० ले ओरालो लाग्यो पहेंलो धातुको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार… पुरा पढौ

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुल्ला

पोखरा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम आजबाट खुल्ला भएको यातायत व्यवस्था विभागले जनाएको छ । विश्वव्यापी माहामरीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बन्द भएको अनलाइन फारम आजबाट खुल्ला गरिएको विभागका प्रवक्ता डा. लोकानाथ भुषालले जानकारी दिए । गत चैत १० गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार कोरोना भाइरस कोभिड–१९ का कारण चैत ११ गतेबाट बन्द भएको लाइसेन्स)को अनलाइन फारम १० महिनापछि आजबाट खुल्ला गरिएको हो । साथै विभागले स्वास्थ्य मापदण्ड पालनामा भने ध्यान दिन सबैलाई आग्रह गरेको छ ।… पुरा पढौ

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्: मन्त्री ढकाल

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताउनुभएको छ । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहन्छ भन्नुभयो। “पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ”,उहाँले भन्नुभयो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै… पुरा पढौ

पोखरामा नेकपाको प्रदर्शन भोलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार पोखरामा प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध नेकपाको संस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो । नेकपा कास्कीको अगुवाईमा हुने प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाबजारहुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा… पुरा पढौ

रु ७०० ले उकालो लाग्यो पहेँलो धातु

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ ।… पुरा पढौ

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

काठमाण्डौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी… पुरा पढौ

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिए । पुरा पढौ

ओलीले देश र पार्टीलाई भड्खालोमा हाले : देवेन्द्र पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र बुर्जुवा भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहको कास्की जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई आईतबार पोखरामा सम्बोधन गर्दै उनले नेकपाका अध्यक्षसमेत रहेका ओलीमा बुर्जुवा दृष्टिकोण रहेको आरोप लगाएका हुन् । ओलीमा बुर्जुवा दृष्टिकोण छ, उनले भने,‘उनी वर्गिय पक्षधरता होईनन्, बरु पुँजीवादीको संरक्षणकर्ता हुन् ।’ ओलीमा आलोचनात्मक चेतसमेत नरहेको र असहिष्णुपनि रहेकाआरोप लगाउँदै उनले अगाडि थपे,‘ओलीलाई २५ वर्ष अगाडि कसैले उनीबिरुद्ध कुरा… पुरा पढौ

भिटोफद्वारा प्रकृति र संस्कृतिका विविधताको उपयोगमा जोड

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामिण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत शनिबार बाग्लुङको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँकोटस्थित शिवधुरी सामूदायिक होमस्टे र गलकोट नगरपालिका वडा नं ११ स्थित रिघा सामूदायिक होमस्टेमा गरिएका अन्तरक्रियामा वक्ताहरूले नेपालमा ग्रामिण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए… पुरा पढौ