देश

भारततिर लैजाँदै गरिएका मूर्ति बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताउनुभयो । बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालय बुझाइने छ । उहाँका… पुरा पढौ

परिणाममुखी काम गर्ने पर्यटनमन्त्री ढकालको दृढता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास… पुरा पढौ

प्रदेश प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान

प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौँे तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका… पुरा पढौ

प्रदेश १ का दाहाल–नेपाल पक्षका तीन मन्त्रीले दिए राजीनामा

प्रदेश १ का तीन मन्त्रीले राजीनमा दिएका छन्। नेकपाको दाहाल–नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए। तर, मन्त्री गजमेरले त्यसलाई अस्विकार गरेर दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी हुन्। आज (आइतबार) प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल पक्षको तयारी रहेको बताइएको छ।… पुरा पढौ

चिनियाँ उच्च प्रतिनिधि आज काठमाडौं आउँदैछन्

उत्तरी छिमेकी चीनका उच्च अधिकारी आज (आइतबार) काठमाडौं आउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो। नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो।’ उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ। तर, भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन। यसअघि, चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी… पुरा पढौ

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाईलाई सहयोग

पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई रु १७ हजार बराबरको खाधान्न सामाग्री प्रदान गर्यो । पोखरा फोटोग्राफर संघ महिला उपसमिति को सहायोग पेटीकामा जम्मा भएको रकम लाई प्रत्येक बर्ष कुनै न कुनै शिर्षकमा सहयोग गरिदै आएको थियो । समाजमा रहेर आफुले मनोरञ्जन गर्नुको सट्टामा पोखराका महिला फोटोग्राफरहरुले जम्मा गरेको सहयोग पेटिकाको रकम बाट बिभिन्न समयमा सहयोग हस्तान्तरण गरिदै आएकोमा यस पटक मस्तिस्क पक्षघात… पुरा पढौ

देशभक्तसिंहको छेस्का संग्रह ‘सुहाना’ लोकार्पण

अलौकिक कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएकोमा खुसी व्यक्त गर्दै अझ प्रगतिको कामना गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख समेत रहेका न्यौपानेले नेपाली विभागको पुस्तक संकलन अभियानले साहित्यकार र समीक्षक जोड्नसमेत सहयोग गरेको भन्दै सहयोगको अपील गरे । कृति समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का विखर्चीले कविताका नयाँ नयाँ उपविधा… पुरा पढौ

आफ्नो चाहना पूरा भएन भन्दैमा देश र जनताप्रति गद्धारी गर्न मिल्छ र ? : पहारी

नेकपा ओली समूहका केन्द्रीय सदस्य राजिव पहारीले केपी ओलीको चुलिदो उचाईलाई सहन नसकेर आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड, नेपाललगायतका नेताहरुको षडयन्त्रलाई चिर्नका लागि संसद विघटनजस्तो अप्रिय निर्णय लिनुपरेको जिकीर गरे । संसद विघटन रहरले नभई बाध्यताले गरिएको हो,उनले भने,‘दुई तिहाई बहुमत हुँदासमेत प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिएपछि संसद भंग गर्नुपरेको हो ।’ गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका ओली… पुरा पढौ

सूर्य चिह्नमा आँखा नलगाउन प्रचण्ड माधव समूहलाई महेश बस्नेतको चेतावनी

नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् । युवा संघले शुक्रबार पोखरामा आयोजना गरेको बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’ पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी… पुरा पढौ

सूर्य चिह्न त आओस्, हामीलाई भारी मत आउँछ : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले संसद पुर्नस्थापना कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् । नेकपा ओली पक्ष निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरिय ‘बृहद युवा भेला’लाई सम्बोधन गर्दै उनले संसद पुर्नस्थापना हुनै नसक्ने बताएका हुन् । अदालतमा बिचाराधीन मुद्धामा मैले बोल्न त नहुने हो,‘उनले भने,‘तर मलाई के लाग्छ भने अन्यथा अर्थ नलागोस् तर संसद पुर्नस्थापन कुनैपनि हालतमा हुँदैन ।’ गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता… पुरा पढौ