देश

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा पर्यटनमन्त्रीको जिम्मेवारी मणि थापालाई दिइएको छ । टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ । यस्तै शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिइएको बताइएको छ । विस्तारित मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथ ग्रहण हुने एक नेताले बताए । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए । मन्त्री हुने सबै पूर्वमाओवादी हुन्। पुरा पढौ

बलात्कारका घटना भयावह : चार वर्षमा ९० घटना

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ । इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र… पुरा पढौ

अनेकताका बीच बलियो एकता मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ (रासस) पुरा पढौ

ओलीको मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपरौं : बराल

नेकपा नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले केपी ओलीले मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपर्न नेकपा नेता\कार्यकर्तालाई अपिल गरेका छन् । बरालले सामाजिक सञ्जाल फेसवुकमा ओलीले प्रचण्डमाथि लगाएका आरोपको २० बुँदामा खण्डन गर्दै ओलीको गोयवल्स शैलीमा गरेको प्रचारको भ्रममा नपर्न अपिल गरेका हुन् । प्रचण्डले पटक÷पटक सुशासन, समृद्धी र न्यायको पक्षमा अगाडि बढ्न दवाब दिदा ओलीले त्यसलाई राज्य सञ्चालनमा बाधा पुर्याएको भनेर गोयवल्स शैलीमा प्रचार गरेको उनको दाबी छ । नेता बरालले केपी ओलीले संविधान मार्न खोजेको आरोपसमेत… पुरा पढौ

कास्कीका गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक नेताले पद अस्वीकार गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका निवासी दलबहादुर गुरुङले ओली पक्षको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् । गुरुङले विहीबार एक प्रेस विज्ञप्ती जारी गरेर आफू सँधै पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिन्छु,उनले अगाडि भनेका छन्‘यद्वपी हाम्रो पार्टी नेकपामा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ, मसँधै विधि… पुरा पढौ

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो

पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ । चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए । त्यही समयमा… पुरा पढौ

पश्चिमी वायुको प्रभावले बाक्लो हुस्सु

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ”, मानन्धरले भन्नुभयो । हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी… पुरा पढौ

लेखनाथ खानेपानीले गिउजे खोलाबाट तेब्बर पानी ल्याउने

कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजनाले क्षमता बिस्तार गर्ने भएको छ । आयोजनाले अहिले आइरहेको पानीको क्षमता हालको भन्दा तेब्बर रुपमा बढाउने तयारी गरेको हो । आयोजनाले हाल पोखरा महानगरपालिका वडा नम्बर २० र मादी गाउँपालिका वडा नम्बर ७ को दोभानमा रहेको गिउजे खोलाबाट पानी ल्याइरहेको छ । सो खोलाबाट हाल प्रति सेकेण्ड ४८.९ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता बिस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रति सेकेण्ड बनाउने तयारी गरेको आयोजनाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।… पुरा पढौ

सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन सक्दैन : सभामुख सापकोटा

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताएका छन् । सभामुख सापकोटाले आज विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् । संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा उक्त व्यवस्था भएको उनको भनाइ थियो । “विगतका विसङ्गतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय… पुरा पढौ

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार ५०० हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी) प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५०० हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । अस्पतालका… पुरा पढौ