देश

फरार दुई प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । उहाँका… पुरा पढौ

आज, ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस, यो वर्षको एकता दिवसमा सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसको संघर्ष

आज पुसको १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस। हरेक वर्षको पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप एकता दिवसको रुपमा मनाइन्छ। आजका दिन संपूर्ण राजनैतिक पार्टी, तिनका अनेक भगिनी संगठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वीपी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रिय मेलमिलापमा उहाँहरुको योगदानको चर्चा गर्ने गरिन्छ। राष्ट्रिय मेलमिलाप दिवसलाई सदासयता दिवसको रुपमा पनि लिने गरिन्छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइरालालाई… पुरा पढौ

गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिनुभयो । “गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हँुदै पदयात्रा शुरु हुन्छ”, उहाँले भन्नुभयो, “गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा… पुरा पढौ

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छः डा भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले… पुरा पढौ

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी… पुरा पढौ

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर,… पुरा पढौ

आज तमु ल्होसार पर्व, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज पुष १५ गते (बुधबार), अर्थात तमु ल्होसार पर्व। तमु ल्होसारलाई तमुहरुको नयाँ वर्षको रुपमा लिने गरिन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट हुन्छ, आज गुरुङ समूदायको नयाँ वर्ष हो। यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन्। बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन्। यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु… पुरा पढौ

ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रियो : पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको सेटिङमा संसद विघटन गरेको आरोप लगाएका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको ईशारामा संसद विघटन गरेको आरोप लगाएका हुन् । भन्न त ओलीजीले मैले सेटिङ गरेर संसद विघटन गरेको भन्नुहुन्छ,उनले भने,‘तर उहाँले आफ्नो होईन, अर्काको सेटिङमा संसद विघटन गर्नुभो ।’ अर्काको सेटिङमा संसद विघटन गरेकाले अब तपाईं (ओली) आफ्नो सेटिङमा हिंड्न सक्नुहुन्छ,उनले थपे,‘अब तपाईं अर्काको सेटिङमा… पुरा पढौ

विदेशबाट फर्किएका युवा स्वरोजगारतर्फ उन्मुख हुँदै

–सिद्धराज भट्ट कोरोना भाइरस महामारीका कारण संयुक्त अरब इमिरेटस (युएई) को रोजगारी छाडेर घर फर्केका धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई पुनः वैदेशिक रोजगारीमा जाने चाहना छैन । पुनः वैदेशिक रोजगारीमा जान नपरोस् भनेर उहाँले आएकै दिनदेखि विभिन्न अवसरको खोजी गरिरहेका थिए । जिल्ला लघुउद्यमी समूह कैलालीको सहयोगमा अहिले गरिएको उहाँ कुखुरापालन व्यवसायमा संलग्न हुनुहुन्छ । विगत सम्झदै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा भोगेको पीडाका कारण पुनः उतै जान नपरोस् भन्ने चाहना छ ।” “विदेशबाट फर्किएपछि के काम गर्ने भनेर ‘रानी हराएको मौरी’ जस्तै अन्योलको… पुरा पढौ

प्रधानमन्त्री कपको वाग्मती छनोट बिहीबारदेखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडाँ, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र… पुरा पढौ