देश

कोभिड–१९ को कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गरिने

सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र कोभिड–१९ का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका… पुरा पढौ

आज (खरना) छठको दोस्रो दिन : के हो खरना ?

छठ पर्वको आज (बिहीबार) दोस्रो दिन ब्रतालुले ‘खरना’ को विधि तयारी पूरा गरेका हुन्छन्। कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज (बिहीबार) पर्वको दोस्रो दिन ‘खरना’ का दिन ब्रतालुहरु दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ। चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् ‘खरना’का दिन माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने… पुरा पढौ

त्रिवि विद्यार्थीको स्थगित परीक्षाको शैक्षिक सत्र खेर जाँदैन – त्रिभुवन विश्वविद्यालय

कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले बताएको छ, ‘गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो, अब स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ।’ वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको विश्वविद्यालयले जानकारी दिएको हो।… पुरा पढौ

नेपालको एक दिवसीय मान्यता एक वर्ष लम्बियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४… पुरा पढौ

कोरोना संक्रमित सांसद मीन विश्वकर्माको उपचार सरकारले गर्ने

मंसिर ३ काठमाडौँ । कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसद विश्वकर्माको उपचार खर्च व्योहोर्ने निर्णय गरेको हो । कोरोना संक्रमण पुष्टि भएका विश्वकर्माको गत कार्तिक १२ गतेदेखी काठमाण्डौंको ग्रान्डी अस्पताल उपचार भइरहेको छ । ५३ वर्षीय विश्वकर्मालाई निमोनिया, श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक ८ वीर अस्पताल भर्ना गरिएका विश्वकर्मामा सोही दिन कोरोना पुष्टि भएको थियो । बीर अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बिग्रन थालेपछि… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई हटाउनै पर्ने जसपा अध्यक्ष डा.भट्टराईको भनाई

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम डा.भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा बुधबार स्टाटस लेख्दै जसपा अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बताएका हुन् । नेकपा भित्रैबाट ओलीलाई भ्रष्टाचार आरोप लिखित रुपमै लागिसकेकाले ओलीलाई हटाउनैपर्ने उनको भनाई छ । ओली सरकार असफलपनि भएको र भ्रष्टाचारपनि बढेकाले ओलीको विकल्प खोज्नुपर्नेमा उनले जोड दिएका हुन् । डा.भट्टराईले नेकपाको आन्तरिक झगडामा राष्ट्रपति र विदेशी कुटीनितिज्ञले हस्तक्षेप गर्न नमिल्नेपनि उनको भनाई छ । डा.भट्टराईले पार्टीगत कुरामा… पुरा पढौ

राजमो अध्यक्ष केसी अस्पतालबाट ‘डिस्चार्ज’

मंसिर ३ काठमाडौं । कोभिड–१९ संक्रमणमुक्त हुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी घर फर्किएका छन् । गत कार्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना भएका केसी मंगलबार ‘डिस्चार्ज’ भएका हुन् । केसी निमोनियाँ र कोरोना सङ्क्रमण भएपछि अस्पतालमा उपचररत रहेका थिए । केसीले उपचारका सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् । #चित्रबहादुर _केसी #कोरोना_सङ्क्रमण पुरा पढौ

महासचिव पौडेलको प्रस्ताव : ‘सचिवालय विघटन गरौं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय विघटन गर्न प्रस्ताव गरेका छन् । पार्टी विवाद एकपछि अर्को गर्दै बढ्दै जाँदापनि सचिवालय पार्टी समस्याको समाधान खोज्न असफल भएको भन्दै उनले सचिवालय नै विघटनको प्रस्ताव गरेको श्रोतको दाबी छ । बैठकमा आक्रोसित रुपमा प्रस्तुत भएका पौडेलले पार्टी संकटमाथि संकटमा फस्दै गएको बताएका थिए । उनले सचिवालयका सबै सदस्यले सामुहिक राजिनामा दिएर निकास दिउँ भन्दै प्रस्ताव गरेका थिए । उनले पुरानाले राजिनामा दिएपछि पार्टी नेतृत्वमा युवा पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति… पुरा पढौ

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या नया थपिने भन्दा निको हुने तेब्बर

नेपालमा पछिल्लो २४ घण्टामा नया कोरोना संक्रमित थपिने भन्दा झण्डै तेब्बर निको भएर घर फर्किएका छन् । नेपालमा पछिल्लो पटक १४४२ जना नया संक्रमित थपिदा ३५३८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ८ पुरुष र ५ ुउ ३४ जना महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयको वुलेटिनमा उल्लेख छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना संक्रमण… पुरा पढौ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

मंसिर ३ काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा सचिवालयको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । यस अघि सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेपनि आजका लागि प्रधानमन्त्री ओलीले एक अगाडी नै बैठक बोलाएका हुन् । पुरा पढौ