देश

सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

गायक अरूण थापामगर अल्प आयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैं अमर छन् । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उनको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए । कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा… पुरा पढौ

सामाजिक कार्य गरेर होटल मजेस्टिक लेक फ्रन्टले मनायो तेस्रो वार्षिकोत्सव

पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा होटलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरी २५ युनिट रगत सङ्कलन गरेको छ भने मंगलबार छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९१ जना आमाहरूलाई बिहानको एक छाक भोजन दान गरेको छ।होटलका अपरेसन म्यानेजर कृष्णकुमार पौडेलका अनुसार वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान र भोजन दान कार्यक्रम आयोजना गरिएको हो। होटलले अघिल्लो वर्ष दोस्रो वार्षिकोत्सवका अवसरमा पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रित बुबाहरूलाई एक छाक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनहुँदै आएको निःशुल्क सटल बस सशुल्कमा परिणत

पोखरा, साउन ५ पर्यटकको सहजताका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ । पोखरा महानगरपालिकाले नेपाली नया वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा ३ महिनामै असार मसान्तबाट बन्द भएको हो । निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सञ्चालनमा ल्याएको छ । तर यो सेवा पनि लामो समय जाने नजाने अनिश्चित देखिएको छ । पोखरा… पुरा पढौ

सटल बस सेवा बन्द भएको होईन, सशुल्क भएको हो: मेयर आचार्य

पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म संचालित सटल बस सेवा बन्द नभएको स्पष्ट पारेको छ । नगर प्रमुख धनराज आचार्यले सामाजिक संजाल फेसबुक मार्फत असार मसान्तसम्म निशुल्क सेवा दिईरहेका बसहरु साउन १ गतेदेखि सशुल्क संचालनमा रहेको बताएका छन् । यसअघि पोखरा महानगरपालिका र पोखरा यातायात प्रालि बीच असार मसान्तसम्म निःशुल्क रुपमा सटल बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । नगर प्रमुख आचार्यले भने ‘निशुल्क सेवा सशुल्कमा परिणत मात्रै भएको हो, सेवा स्थगित भएको छैन ।’ हाल विमानस्थलबाट ननस्टप सशुल्क… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउन सरकार बाध्य

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागु नगर्ने निर्णय गरिएको बताए । “यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम… पुरा पढौ

कीर्तिपुरमा पार्किङ गरेको अवस्थामा कार जल्दा एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । बा ५ च ३०३८ नम्बरको सेतो कार खाली जग्गामा पार्किङ गरेको अवस्थामा जलेको हो । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । आगलागी भएको… पुरा पढौ

प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ । संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।समितिको आजको बैठकले साउन १२ गते आयुक्तद्वय र साउन १३ गते प्रमुख आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता,… पुरा पढौ

पोखरामा हरित विद्यालयसम्बन्धी प्रशिक्षण सम्पन्न

प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेका थिए । उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९… पुरा पढौ

खरानीबाट उठेर उच्च अदालत पोखराले दियो अब्बल न्याय

पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार, शुसासन र राजनीतिक पुस्तान्तरणको माग गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका सरकारी कार्यालय जल्दा अदालत पनि जले । त्यस क्रममा उच्च अदालत पोखरा पनि बाँकी रहेन । आक्रोषित भीडले उच्च अदालत पोखरामा आक्रमण गर्दा त्यहाँ रहेका १२ कोठे दुईतले भवन मात्र जलेन, हजारौंको संख्यामा रहेका मिसिल खरानी बन्यो । जेनजी आन्दोलनले अदालतका संरचना जलेर खरानी भयो, तर जनतामा अदालतप्रतिको आस्था र विश्वास भने… पुरा पढौ