देश

विश्व वातावरण दिवस देशभर मनाइँदै,पोखराका विभिन्न स्थानमा ६ हजार विरुवा रोपियो

विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । वातावरण विभागले दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।पोखरा महानगरपालिका क्षेत्रमा वृक्षारोपण अभियान शुरु गरिएको छ ।पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए । अभियान अन्तरगत शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ ।… पुरा पढौ

पोखरामा भेटिएको बम नेपाली सेनाले डिस्पोज नगरी लग्यो

सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा ३ वटा बेवारिसे बम फेला परेको हो । विहीबार विहान फोहोर बोक्ने गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले बम भेट्टाएकी थिईन् । भेट्टाइएका तीन वटामध्ये २ वटा घातक स्टन ग्रिनेड र एउटा कम घातक स्मोक ग्रिनेड भएको प्रहरी स्रोतले बताएको छ । भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको… पुरा पढौ

परराष्ट्रमन्त्री खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जादैँ

परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार देखि भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल ९कनेक्टिभिटी०, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई… पुरा पढौ

पोखरामा फोहोर फाल्ने ठाउँमा भेटियो बम

सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा बम फेला परेको हो । विहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको छ । पोखरा–१७ रातोपैह्रा, पर्वतीय संग्रहालयलगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा–२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीले जानकारी दिईन् । उनका अनुसार पोखरा… पुरा पढौ

धनगढी उपमहानगरपालिकाको टोली पोखरामा, हरित रोजगारी परियोजनाको अवलोकन गर्ने

पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न धनगढी उपमहानगरपालिकाको टोली पोखरा आएको छ । दुई नगर बिचको सिकाई आदानप्रदानका लागि नगर प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा आइपुगेको हो ।टोलीले पोखरामा सञ्चालित आरयु उद्यमसँग सम्बन्धित उद्यमहरूको अवलोकन गर्ने बताईएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना निर्माण भइरहेको छ । परियोजना मार्फत झन्डै १० मिलियन अमेरिकी डलरको लगानी र ३ हजारभन्दा… पुरा पढौ

पोखरा २० मा क्षमता अभिबृद्धी तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २० ले क्षमता अभिबृद्धी सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्रका टोल विकास संस्था र उपभोक्ता समितिका पदाधिकारीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सहभागिलाई बैठक संचालन, माईन्युट लेखन, प्रस्तावना पत्रको तयारी र व्यवस्थित लेखा प्रणालीका विषयमा प्रशिक्षण दिईएको वडाले जनाएको छ । २२ वटा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० जना सहभागि रहेको प्रशिक्षणमा इन्जिनियर विनोद शर्मा,वडा सचिव रामप्रसाद तिवारी र लेखापाल धर्मराज बुढाले सहजिकरण गरेका थिए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाभित्रका… पुरा पढौ

सशस्त्र प्रहरीद्वारा कास्कीको हेम्जासहित बिभिन्न स्थानबाट ७७४ वटा गाडी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए । यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।… पुरा पढौ

अन्नपूर्ण हिमाल आधार शिविरबाट शुरु भएको अन्नपूर्ण म्याराथन : दलबहादुर र मञ्जु च्याम्पीयन

सन्देश श्रेष्ठपोखरा, जेठ २० कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा नेपाली धावक द्वय दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पीयन बनेका छन् । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले बुधबार आयोजना गरेको छैटौं अन्नपूर्ण म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्ली धावक दलबहादुर कुँवर र महिलातर्फ जुम्ली धाविका मञ्जु रावत च्याम्पीयन बनेका हुन् । बिजेता… पुरा पढौ

विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा

पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा गरे । प्रदूषणरहित सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको फोहरमैला सङ्कलन… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहण दिवसमा टान गण्डकीले आयोजना गर्यो पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवद्र्धनात्मक कार्यक्रम

सन्देश श्रेष्ठपोखरा, जेठ २० जुन ३ तारिख अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा टान गण्डकीले लमजुङको दोर्दी गाउँपालिकास्थित ढाकेडाँडा स्कुल–मञ्ज्याङ÷लामागाउँ पदमार्गमा पदयात्रासहित पर्यटकीय गन्तव्य प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो । कार्यक्रमका लागि बुधबार पोखराबाट टान… पुरा पढौ