देश

जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्मः महिला पत्रकारलाई सशक्त बनाउँदै

सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन हुदै छ । गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यशालामा जेण्डर संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच मोबाइल पत्रकारिता तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यशालामा सहभागी महिला पत्रकारलाई जलवायु परिवर्तनले स्थानीय समुदाय, वातावरण, पर्यटन, कृषि तथा जनजीवनमा पारिरहेको प्रभावलाई समाचारका रूपमा… पुरा पढौ

उपल्लो मुस्ताङको लोमान्थाङमा यार्तुङ पर्वको रौनक सुरु

उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो ।खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन्… पुरा पढौ

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण सुरु

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको… पुरा पढौ

पत्रकारद्वय मीना कुमारी तथा मधुसुधन पोखरामा सम्मानित

पहिलोपटक रेडियो नेपालबाट मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै आयोजित कार्यक्रममा पोखराका पत्रकार मीना कुमारी थापा मगर तथा मधुसुधन थापा मगर सम्मानित भएका छन् । दुवै जना सम्मानित पत्रकारले पोखरामा रहेर मगर भाषाको समाचार पढ्ने तथा कार्यक्रम सञ्चालन गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर २१ ठूलीस्वाँरामा आयोजित ‘३२ औँ मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम’ मा पत्रकारद्वय थापामगरलाई सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजकुमारी भुजेलले नेपालका आदिवासी… पुरा पढौ

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरेका हुन् । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुखको रुलिङ पछि उनीहरुले विरोध रोकेपछि बैठक सुचारु भएको छ । विपक्षी… पुरा पढौ

काभ्रेमा जिप दुर्घटना हुँदा, दुईको मृत्यु, तीन जना गम्भीर घाइते

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको बोलेरो जिप सडकबाट दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको… पुरा पढौ

पोखराका मेयर आचार्य र बङ्गलादेशका फोटो पत्रकार संघका टोली बिच भेटवार्ता

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको टोलीले भेटवार्ता गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रह गरे । पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने… पुरा पढौ

कवि दुर्गालाल श्रेष्ठको निधन, भोलि शोभाभवगतीमा दाहसंस्कार गरिने

नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिएको छ । श्रेष्ठको पार्थिव शरिर भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय… पुरा पढौ

२७ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने

पोखराको बाटुलेचौरमा राष्ट्रिय श्री कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन यहि भदौं १९ गते शुक्रबार प्रतियोगिताको २७ औं श्रृङ्खला आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । प्रतियोगिता संचालनका लागि प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन भई तयारी तिब्र पारिएको प्रचार प्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए । बाटुलेचौरको ऐतिहासिक खेल मैदानमा हुने प्रतियोगिताका लागि व्यवस्थापनको कार्य सुरु गरिएको छ । भजन समुहलाई… पुरा पढौ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँयो

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँएको छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले… पुरा पढौ