देश

फिर्केमा निरन्तर डोजर : विहीबार थप २३ वटा संरचना भत्काइयो

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बिहीबार थप २३ वटा संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत आईतबारदेखि डोजर लगाएर भत्काउन शुरु गरेकोमा पाँचौं दिन विहीबार सम्म आईपुग्दा १२८ अवैध संरचना भत्काउन सफल भएको हो । महानगरले हालसम्म फिर्केखोला खोलाघर मिचेर बनाइएका १६० संरचनामध्ये अब ३२ वटा संरचना भत्काउन बाँकी छ। पहिलो दिन २० वटा संरचना भत्काएकोमा सोमबार ३१, मंगलबार ३१ वटा, बुधबार २३ वटा र विहीबार थप २३ वटा संरचना डोजर… पुरा पढौ

पृथ्वीचोक बसपार्क अगाडि चल्यो डोजर, मजदुर संगठनदेखि संघसंस्थाका भवन भत्काईयो

सन्देश श्रेष्ठपोखरा, जेठ १४ ट्रेड युनियनहरु र संघसंस्थाले ओगटेको अवैध संरचनामा पनि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । विभिन्न पार्टी निकट मजदुर संगठन र संघसंस्थाहरुले पोखरा बसपार्कको बाटो उत्तरपट्टी बनाएका दर्जनौं भवनहरुमा महानगरले विहीबार डोजर चलाएको हो । महानगरले यसअघि सो भवनहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । पटक÷पटकको सूचना बेवास्ता गरेपछि महानगरले विहीबारदेखि त्यहाँ रहेका भवनलगायतका संरचना हटाउन डोजर चलाएको छ । पृथ्वीचोकको बाटो उत्तरपट्टी रहेको पोखरा हङकङ बजारको अगाडि रहेका नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा, सेवा प्रदायकलाई १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी

चरम संकटमा परेको स्वास्थ्य सेवा बीमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सरकारले सञ्चालन गरेको बीमा कार्यक्रममा चैत मसान्तसम्म स्वास्थ्य बीमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको हो । चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको छ । स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार,… पुरा पढौ

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख २४ हजार वचत

पोखरामा आयोजना भएको धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख भन्दा बढी रकम वचत भएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकीले गत फागुन ८ गते पोखरामा आयोजना गरेको उक्त कार्यक्रममा ५६ लाख २४ हजार ४ सय ५८ रुपैंया संकलन भएकोमा खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैंया वचत भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । गुरुङ गीत संगीतका नायक, अग्रज कलाकार धनबहादुर गुरुङको सम्मानमा आयोजित साँझमा करिब २१ लाख खर्च भएको कार्यक्रम संयोजक गोरे गुरुङले… पुरा पढौ

पृथ्वीचोकमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन सुरु,कसैको निर्देशनले अभियान रोकिदैंन-मेयर आचार्य

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन थालेको छ । पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम सुरु गरिएको हो ।आज बिहान देखि सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ । ट्रेड युनियन संगठन र बिभिन्न संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडामा लगाउँदै आइरहेका थिए । नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघले भने यसअघि नै अस्थायी… पुरा पढौ

मनाइँदै बकर इद (इदुल जोहा),विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले… पुरा पढौ

फिर्केमा डोजर : बुधबारसम्ममा १६० मध्ये १०५ संरचना हटाइयो

सन्देश श्रेष्ठपोखरा, जेठ १३ पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बुधबारसम्म दुई तिहाई संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत आईतबारदेखि डोजर लगाएर भत्काउन शुरु गरेकोमा चौथो दिन बुधबार सम्म आईपुग्दा ६६ प्रतिशत अवैध संरचना भत्काउन सफल भएको हो । महानगरले हालसम्म फिर्केखोला खोलाघर मिचेर बनाइएका १६० संरचनामध्ये १०५ वटा संरचना भत्काएको जनाएको छ । पहिलो दिन २० वटा संरचना भत्काएकोमा सोमबार ३१ र मंगलबार ३१ वटा संरचनामा डोजर लगाएर भत्काएको थियो… पुरा पढौ

९४ केजी तौल समूहमा कास्कीका कुशलले जिते काश्य पदक

पोखरा, जेठ १३ कास्कीका कुशल गुरुङले ९४ केजी सिनियर तौल समूहमा काश्य पदक जितेका छन् । सप्तरीको राजविराजमा बुधबार आयोजित प्रथम खुल्ला युथ, जुनियर तथा सिनियर महिला तथा पुरुष भारत्तोलन च्याम्पीयनसीमा पोखराका गुरुङले नेपाली सेनाको खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका हुन्। गुरुङले स्न्याचतर्फ ९७ केजी र क्लिन एण्ड जर्कतर्फ १३० केजी गरेर कुल २२७ केजी भार उठाउँदै काश्य पदक सुरक्षित गरे । सो प्रतियोगितामा कास्कीकै सायोन गुरुङले युथ ७१ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। १४… पुरा पढौ

राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, भदौ २४ को घटनामा सेनाबाहेक सबै सुरक्षा संयन्त्र असफल,ओली, लेखक र गुरुङलाई कारबाहीको सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई सिफारिस गरेको हो। आयोगले यसअघि घटनाको अनुसन्धानका लागि विशेष समिति गठन गरेको थियो। उक्त समितिले पेश गरेको प्रतिवेदनका आधारमा आयोगको जेठ १२ गते बसेको बैठकले निर्णय तथा सिफारिस गरेको जनाएको छ। आयोगका अनुसार आन्दोलनका क्रममा भएका घटनामा मानवअधिकार उल्लङ्घनका विषयमा विस्तृत अध्ययनपछि सरकारलाई आवश्यक कानुनी तथा प्रशासनिक… पुरा पढौ

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ