देश

रेनोभा हस्पिटलको रक्तदान, ३६ युनिट रगत सङ्कलन

पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय मनसुनका कारण समस्यामा परेका बिरामीलाई रगतको अभाव नहोस् भन्दै प्रतिकूल मौसमका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरेको हस्पिटलका प्रबन्ध निर्देशक डा। भुपेन्द्र शर्माले बताए। रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. डार्विन लामिछानेको अध्यक्षता र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यता थियो। रेनोभा हस्पिटलमा विशेषज्ञ चिकित्सक तथा नर्सबाट उपचार तथा स्वास्थ्य… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि साँझसम्म सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ आउने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो । योसँगै पोखराबाट नारायणगढतर्फ जाने र नारायणगढबाट पोखरातर्फ आउने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् । लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका… पुरा पढौ

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध सुरु, आज प्रतिपदा तिथिको श्राद्ध

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर,… पुरा पढौ

बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

अबिरल बर्षापछि आएको पहिरोमा परी बागलुङ र पाल्पामा ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो ।पहिरोमा पुरिएको अवस्थामा तीन जनाको शव निकालिएको हो । त्यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ… पुरा पढौ

नागढुंगा आमा समुहको २३ औं साधारण सभा सम्पन्न, फोहरमैला व्यवस्थापनमा कडा निगरानी गरिने

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा कडा निगरानी गर्ने घोषणा गरेको छ । समुहको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभाका अवसरमा वडाभित्र फोहरमैला व्यवस्थापनमा चुनौती देखिएको जनाउँदै, त्यसको उचित व्यवस्थापन नगर्ने र जथाभावी फ्याँक्नेलाई कारबाही गर्ने घोषणा समेत गरेको हो ।कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य लक्ष्मी पहारीले स्थानीय विकास, सामाजिक उत्तरदायित्व र विशेषगरी फोहोरमैला व्यवस्थापनको विषयमा महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरिन् । समूहकी अध्यक्ष कमला श्रेष्ठले नागढुंगा क्षेत्रको… पुरा पढौ

भुपु विन्ध्यवासिनी मञ्चमा पुन:बरुवाल,लोक सर्जक पुर्ण नेपालीसहितका सम्मानित

शिशिर उजाडपोखरा लोक गीत तथा संगीतका सर्जक पुर्ण नेपाली पोखरामा सम्मानित भएका छन् । पोखराको बाटुलेचौरमा रहेको भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले २७ औं बार्षिकोत्सव एवं नवौं अधिवेशनका अवसरमा नेपाली लोक गीत तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै, नेपालीलाई सम्मान गरेको हो । सोही अवसरमा स्वास्थ्यतर्फ डा. सुवास बस्नेत र शिक्षातर्फ प्रविनबाबु भट्टराई पनि सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विन्ध्यवासिनी मा.विका प्राचार्य कृष्ण प्रसाद आचार्य र मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले सम्मानपत्रसहित दोशल्लाले सम्मान गरे । कार्यक्रममा प्रतिकुल मौषमका… पुरा पढौ

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह… पुरा पढौ

दुर्घटना नगराउने १५ चालकलाई एवन ग्रेटर नेपाल यातायात प्रालिको सम्मान

सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएका पोखराका ट्याक्सी व्यवसायीहरुको संस्था एवन ग्रेटर नेपालले एक वर्षभरी सवारी चलाउँदा दुर्घटना नगराउने १ सय ९५ जना चालकहरु मध्य गोला प्रथाबाट छानिएका १५ जना चालकलाई सम्मान गरेको हो । उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’, बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, अर्का बरिष्ठ उपाध्यक्ष केदार पौडेल, एवन ग्रेटर नेपाल यातायात… पुरा पढौ

भोटेकोशी बाढीको महाविपद एक महिना पुरा, खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्… पुरा पढौ

दशैं तथा तिहारको अवसरमा सिटिजन फर्निचरमा २० देखि ३० प्रतिशतसम्म छुट

सन्देश श्रेष्ठपोखरा, असोज १० पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले नेपालीको महान चाँड बडादशैं तथा शुभ दीपावली (तिहार)को अवसरमा आकर्षक छुट प्रदान गरेको छ । सिटिजन फर्निचरले दशैंदेखि तिहारसम्मका लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरुमा खरिद गर्दा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । सिटिजन फर्निचरमा उपलब्ध घरायसी तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर, सोफा, अफिस टेबल, टि टेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायतका सामग्रीहरुमा विशेष चाँडपर्व अफर अन्तर्गत भारी छुट प्रदान गरिने सञ्चालक दीपक कार्कीले जानकारी… पुरा पढौ