देश

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् । बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिईन् । उनले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै,भोलि एक्स नेपथ्य, उज्जन शाक्यदेखि डि-मर्चासम्म गुञ्जिने

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले आज दिउँसो ल्होसार विशेष कार्यक्रम चलिरहेको छ । आज साँझ भने लाईभ व्याण्ड गुञ्जिेनछ । आज दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलिरहेको अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको सभाबाट विनियोजन ऐन, २०८२’ पारित

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाले विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । सोमबार सम्पन्न भएको १८ औं गाउँ सभा अधिवेशनमा गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सो विधेयक सभामा प्रस्तुत भएको थियो ।माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक… पुरा पढौ

चुनाव अगाडि महाधिवेशन गर्न हुँदैन: सभापति देउवा

नेपाली कांग्रेसमा फागुन २१ को निर्वाचन अघि महाधिवेशनको संभावना न्युन देखिएको छ । सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्न नहुने स्पष्ट पारेसँगै नियमित महाधिवेशनको संभावना न्युन देखिएको हो । आसन्न निर्वाचन अगाडि नै महाधिवेशन गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिएको उनले उल्लेख गरे । मंगलबार महाराजगन्जस्थित निवासमा केही पत्रकारसँग भेटघाट गरेका सभापति देउवाले निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने स्पष्ट… पुरा पढौ

निर्वाचन आयोगमा चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेद्वारको नाम बन्द सूचीमा समावेश भएको छ । बन्द… पुरा पढौ

आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै,प्रधानमन्त्रीद्वारा तमु ल्होसार पर्वको शुभकामना

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा… पुरा पढौ

पोखरामा ल्होछार महोत्सव शुरु, ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्ने प्रदेश प्रमुख भट्टको भनाई

पोखरा, १४ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिएका छन् । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग ९सप्री ल्हो० समाप्त भएर घोडा वर्ग ९त ल्हो० को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरे । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र… पुरा पढौ

पोखरा सडक महोत्सवमा भोलि स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा पुस १५ गते भोलि मंगलबार अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले दिउँसो ल्होसार विशेष कार्यक्रम चल्नेछ भने साँझदेखि लाईभ प्रस्तुती शुरु हुनेछ । दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चल्ने अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित… पुरा पढौ

पोखरा सडक महोत्सव : न्यू ईयर ईभमा डि-मर्चा पनि गुञ्जिदै

पोखरा, पुस १२ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्याण्ड डि-मर्चा पनि गुञ्जिने भएको छ । ९० को दशकमा उदाएर हालसम्म पनि उत्तिकै दमदार स्टेज तताउने गरेको डि–मर्चा झण्डै एक वर्षपछि पोखरामा गुञ्जिन लागेको हो । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा डि-मर्चाले लाईभ प्रस्तुती दिने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए… पुरा पढौ

पोखरा २६ का कृषकलाई कृषि सामग्री तथा औजार वितरण

पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण गरेको छ। कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बागबानीका अधिकृत… पुरा पढौ