देश

एमालेको राष्ट्रिय महाधिवेशनमा २ हजार १५४ प्रतिनिधि सहभागी हुने,महाधिवेशनमा नीतिको बहस हुनुहुँदैनः उपमहासचिव ज्ञवाली

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २ हजार १५४ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २ हजार १५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ । यसैबिच महाधिवेशन आउन ३ दिन मात्र बाँकी रहँदा गुटगत भेला र छलफल तिब्र पारिएको छ… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरुमा भ्रष्टाचार अन्त्य चुनौतीका रुपमा देखा परेकोे बताएकी छन् । सतहत्तरऔँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभई विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर विषय रहेको बताईन् । उनले भनिन्, “जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ, यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने… पुरा पढौ

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै लमजुङमा प्रदर्शन

पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई किलोमिटर सडक बन्न सकेको छैन । सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीय धुलोमा बस्नुपरेको र विकाससमेत अवरुद्ध बनेको भन्दै सङ्घर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम आयोजना… पुरा पढौ

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो । जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ ९बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन्… पुरा पढौ

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै,निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनु पर्छः राष्ट्रपति पौडेल

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा… पुरा पढौ

पर्वतमा पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

पर्यटन तथा उद्योग कार्यालयले पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ । चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ… पुरा पढौ

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटिभिए० गण्डकी प्रदेशले पोखरा– ढोरपाटन पर्यटन प्रवद्र्धन कार्यक्रम प्रारम्भ गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् । सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ । ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ । रासस पुरा पढौ

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो । “केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक ः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकद मन्त्री विन्दु कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले प्रदेश सरकारको ऐन–कानूनलाई नागरिकमैत्री बनाउनु आजको आवश्यकता भएको र प्रदेश सरकार लागिरहेको उल्लेख गरे । “सार्वजनिक पद धारण गर्ने व्यक्तिबाटै इमानदार पहल भएको खण्डमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ । राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्म… पुरा पढौ

पोखराका पत्रकारसँग बिमा प्राधिकरणको अन्तरक्रिया,आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो । बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित… पुरा पढौ