देश

गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष… पुरा पढौ

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएकी बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताईन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताईन् । “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा… पुरा पढौ

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको महाधिवेशन तयारीका लागि गठन भएको व्यवस्थापन समितिको सचिवालय बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष… पुरा पढौ

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो । सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह… पुरा पढौ

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला¬० सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ । यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २०… पुरा पढौ

तमु धिं नेपालले पाेखराकाे टुँडिखेलमा ३ दिने तमु ल्होछार महोत्सव आयोजना गर्ने

पोखरा, २१ म्ंसिर ।तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो घोडा वर्ग आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको रुपमा मनाउने जानकारी गराएको छ ।यसवर्ष सप्री ल्हो सर्प वर्गकोे बिदाई र त ल्हो घोडाा वर्गको आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् ।तमुु समुदायको राजधानी पोखरामा यसवर्ष देखि पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका… पुरा पढौ

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र विस्तार भएका छन् । यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा सेवा केन्द्र थपिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।उनका अनुसार देशभर रहेका सेवा केन्द्रमा अहिले दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रय लिइरहेका छन् । ‘नेपाललाई मानवीयताको देश’ बनाउने लक्ष्यमा मानवसेवा आश्रम समर्पित रहेको अध्यक्ष अधिकारीले बताए । “नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र घोषणा गर्ने उद्देश्यमा हामी दृढ… पुरा पढौ

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण, पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । जसमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ । नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको एक हप्ता नहुँदै उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अख्तियारले तत्कालीन मन्त्रीहरू डा रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई… पुरा पढौ

निट पत्रकारिता पुरस्कार पत्रकार भरत कोइरालालाई

यस बर्षको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित हुने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको सो पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन… पुरा पढौ

बोन म्यारो पिडित तनहुँका थापाले गरे सहयोगको याचना

बिगत ९ महिना देखि उपचाररत तनहुँका बोन म्यारो पिडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । रोगबाट जीवन मरणको दोसाँधमा रहेका म्याग्दे गाउँपालिका–५ सिस्नेरी निवासी थापाले उपचारका लागी सहयोगको याचना गरेका हुन् ।बोन म्यारो रोगबाट ग्रसित उनले नेपालका बिभिन्न अस्पतालमा उपचार गराए पनि सफल हुन नसकेको र आफुसँग भएको चल अचल सम्पति उपचारका क्रममा खर्च भएको बताउँदै आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत थापालाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने… पुरा पढौ