देश

जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्छः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्टबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज च्यासलमा आयाजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे । शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।… पुरा पढौ

पाशुपत क्षेत्रमा शतबीज छरियो,पोखराका बिभिन्न शिवालय परिसरमा भक्तजनको घुइँचो

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ काठमाण्डौंकोपाशुपत क्षेत्रसहित देशभरकाशिवालय परिसरमा शतबीज छरिएको छ । यस दिन विधिपूर्वक शिवालय परिसरमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ ।आज बिहान पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत… पुरा पढौ

एमाले पनि निर्वाचनमा सहभागि हुन्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै दल सहभागि हुने बिश्वास व्यक्त गरेकी छन् । काठमाण्डौंमा एक संचार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको नेकपा (एमाले) पनि अन्तिम समयमा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, अध्यक्ष केपी ओली नै छलफलमा सहभागी नभएपनि अन्य नेताहरुसँग बारम्बार छलफल भएको छ। निर्वाचनप्रति उहाँहरु सकारात्मक हुनुहुन्छ। राजनीति गर्ने दल निर्वाचनमा नआएर कहाँ जान्छ? प्रधानमन्त्री कार्कीले चुनाव निष्पक्ष र भय रहित बनाउन बिभिन्न दलहरुसँगको छलफल सकारात्मक… पुरा पढौ

तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने

तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो। तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति,… पुरा पढौ

पोखराले पायो २२१ रनको विशाल लक्ष्य

पोखरा, मंसिर २ पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै विशाल लक्ष्य पाएको छ । पोखरालाई विराटनगर किंग्सले २२१ रनको विशाल लक्ष्य दिएको हो । यो अघिल्लो संस्करणमा आफैले बनाएको १९३ रनको विशाल लक्ष्य विराटनगरले तोड्न सफल भएको हो । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले पोखरासामु विशाल लक्ष्य प्रस्तुत गरेको हो । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो । विराटनगरका लागि ओपनर लोकेश बमले ४८… पुरा पढौ

भुटान एयरलाईन्सले शुरु गर्यो पोखरा-भुटान सिधा उडान

सन्देश श्रेष्ठपोखरा, मंसिर २ भुटानको भुटान एयरलाईन्सले पोखरा-पारो (भुटान) सिधा उडान शुरु गरेको छ । भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो । यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा—पारो नियमित उडान गर्ने घोषणा गरेको थियो । त्यसबेला भुटान एयरलाईन्सले असोज १२, १६, २० र २४ गते चारवटा नियमित चार्टर्ड उडान गर्ने जनाएको थियो । तर नेपालमा भएको जेनजी आन्दोलनका कारण पूर्व निर्धारित उडान रोकिएको थियो । त्यहि घोषणा अनुसार पूर्व निर्धारित उडानको तालिका हेरफेर… पुरा पढौ

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने सरकारको अनुमान

सरकारले हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान गरेको छ । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।… पुरा पढौ

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनहिरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए ।प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले जानकारी दिए । भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग… पुरा पढौ

दुर्गा प्रसाईंलाई ४ दिनको म्याद थप,प्रहरी परिसर पूगेर मानव अधिकार आयोगको टोलीले लियो जानकारी

राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् ।म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए । प्रसाईंले यही… पुरा पढौ

एमालेको महाधिवेशनले ‘सरप्राइज’ दिन्छः नेता अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताएका छन् । उनले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताए । आज भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए । सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने उनको भनाई थियो । “सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित… पुरा पढौ