देश

‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा, १७ मंसिर ।पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो । फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन्… पुरा पढौ

एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाण्डौंमा आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राखे । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उनले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट पारे ।उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन… पुरा पढौ

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदत्याग गरेका छन् । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गरेका हुन् । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभा सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिईन् । बर्दिबासस्थित पानस कटेजमा बिहानै यादवको नियुक्ति र शपथ ग्रहणसमेत भएपछि यसले राजनीतिक विवाद झनै बढाएको थियो । त्यसकै बीच सङ्घीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त… पुरा पढौ

परिवार नियोजनको अभियान कन्या क्याम्पसमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ ।कार्यक्रममा बोल्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुशी व्यक्त गरे । नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले कार्यक्रममा सहजिकरण गरेका थिए । २४ वटा विद्यालय तथा कलेजसम्म संचालन गर्ने गरी अभियानलाई… पुरा पढौ

पर्यटक घट्दा बेगनास तालका डुङ्गा व्यवसायी सङ्कटमा

बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् । सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारी बताए । विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको… पुरा पढौ

एमाले महाधिवेशनः ओखलढुङ्गा र धनकुटाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ । उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए । सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए । “प्रतिनिधिका विवरण प्रदेश कमिटीमा… पुरा पढौ

उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । तारेखका लागि उपस्थित भएका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो । सोही अभियोगमा पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। दुवैलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारले जनाएको छ । पुरा पढौ

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा… पुरा पढौ

ठुला दलले नै बुझाएनन् निर्वाचन आयोगमा आय व्यय विवरण

ठुला दलले नै निर्वाचन आयोगमा आय व्यय विवरण नबुझाएको खुलासा भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र बिभिन्न कम्युनिष्ट घटक मिलेर हालैमात्र गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा समावेश दलले नै गत आर्थिक बर्षको आय व्यय विवरण नबुझाएको आयोगले जनाएको छ । आयोगमा हालसम्म विभिन्न ३३ वटा दलले मात्र गत आर्थिक वर्षको आय व्यय विवरण बुझाएका छन्। आय व्यय बुझाउनेमा अधिकांश साना दल रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। दलहरू… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन,… पुरा पढौ