देश

चेतना कृषक महिला समूहद्वारा सिद्ध मा.वि.मा अक्षयकोषमा रकम हस्तान्तरण

पोखरा–१५ स्थित चेतना कृषक महिला समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्ध माध्यमिक विद्यालयलाई अक्षयकोष स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ (रु. २५,५५५) हस्तान्तरण गरेको छ। एक कार्यक्रमका बीच प्रदान गरिएको उक्त अक्षयकोष विद्यालयमा अध्ययनरत विपन्न तथा जोखिम समूहका बालबालिकाको शैक्षिक सहयोग तथा विद्यालयको समग्र शैक्षिक सुधारका उद्देश्यले स्थापना गरिएको हो। कार्यक्रममार्फत अक्षयकोष हस्तान्तरण गर्दै चेतना कृषक महिला समूहकी अध्यक्ष पवित्रा थापासहित समूहका सदस्यहरूले विद्यालयको शैक्षिक उन्नयन, छात्रवृत्ति कार्यक्रम तथा शैक्षिक सामग्री वितरणजस्ता क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। विद्यालय… पुरा पढौ

रूपा गाउँपालिका–६ मोहोरियास्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न

रूपा गाउँपालिका–६ मोहोरियास्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै धान्य तथा मंसिर पूर्णिमाको अवसर पारेर विशेष समारोहका बीच मन्दिरको उद्घाटन गरिएको छ। कौशिला देवी पुनःनिर्माण समितिका अध्यक्ष गेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी क्याप्टेन चन्द्रजंग गुरुङले रिबन काटी मन्दिरको औपचारिक उद्घाटन गरे। कार्यक्रमका विशेष अतिथि यूके निवासी तथा मन्दिरका पूर्व पुजारी रुद्र घोताने रहेका थिए। समितिका कोषाध्यक्ष होट बहादुर गुरुङका अनुसार देश–विदेशमा रहेका मोहोरिया गाउँका स्थायी बासिन्दा तथा चेली–बेटीबाट संकलित रकममार्फत कौशिला देवी र भयार थान… पुरा पढौ

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए… पुरा पढौ

स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस आज

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत… पुरा पढौ

नेपाली समाज टेक्सासमा शान्त गिरीको महिला उपाध्यक्षमा उम्मेद्वारी

नेपाली समाज टेक्सासमा आगामी २०२६÷२७ का लागि नेतृत्व चयनको लागि उम्मेद्वारी दिनेको पनि चर्चा शुरु भएको छ । महिला उपाध्यक्ष पदकी उम्मेदवारका रूपमा प्रस्तुतः भएकी शान्त गिरीको चर्चा चलेको छ । धेरै सघर्षबाट उदाएकी गिरीको उम्मेद्वारीले झनै आकर्षणको थपेको छ । बहुआयामिक व्यक्तित्व, दीर्घ अनुभव, निरन्तर समाजसेवा, दृढ प्रतिबद्धता र संवेदनशील नेतृत्वदायी क्षमताका कारण उनको चर्चा चुलिएको हो । सक्षम नेतृत्व र समावेसी तथा एकताबद्ध समाज निर्माणमा उमेदवार प्रस्तुतः गरेकीे गिरी बागलुङमा जन्मेर पोखरामा लामो समय सघर्ष गर्दै हाल अमेरीकामा… पुरा पढौ

कालीगण्डकी नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो । आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगको आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो । आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस… पुरा पढौ

डिसेम्बर ५ : विश्व माटो दिवस मनाइँदै

‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । मङ्सिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले राससलाई जानकारी दिए । खाद्य तथा कृषि सङ्गठन ९एफएओ०को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ… पुरा पढौ

व्यापार मेलाकाे दाेश्राे दिन : बालन नाच प्रदर्शन, सूचना प्रविधिबारे परिचर्चा

पोखरा, १८ मंसिर । पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ ।हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा नयाँ पुस्तालाई यो नाचबारे जानकारी दिन मेलामा बालनलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए ।बालन नाचको क्रममा भगवानका लीला र अवतारहरुको वर्णन गरिन्छ । यो नाचका गीतहरु रामायण,महाभारत,कृष्णचरित्र र पुराणहरुमा आधारित हुन्छन् । ती ग्रन्थमा उल्लेखित… पुरा पढौ

ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाेखराका पत्रकार पाठक

पोखरा, १८ मंसिर । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार  श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको… पुरा पढौ