देश

असंवैधानिक सरकारले राजीनामा दिनुपर्छःएमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्। शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दैअध्यक्ष ओलीले राष्ट्रपतिलाई यो सरकार हटाउन आग्रह गरेका हुन्। उनले संविधान अनुसार नबनेको सरकार हटाउन कुनै संविधान नचाहिने समेत जिकिर गरे। उनले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरे । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने उनको भनाई छ । अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह(याउन नसक्ने जिकिर… पुरा पढौ

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण ९बायोमेट्रिक्स० मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता… पुरा पढौ

जापानको नायोरो नगरको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रममा स्वागत

जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गरेका थिए । कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताए । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उनले जानकारी दिए । पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना… पुरा पढौ

कालिका माविलाई पूर्वविद्यार्थीहरुको सहयोग

पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री सहयोग गरेका छन् । सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् । विद्यार्थीहरूले शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व विद्यार्थी सुशील… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान आज, ७ः१५ बजेदेखि शुरु हुने

पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहनेछ । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान भोलि, तयारी पुरा

पोखरा, मंसिर ५ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा भोलि रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने जनाइएको छ । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक… पुरा पढौ

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको पाँचौ वार्षिक प्रतिवेदन पेस गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दैँ प्रदेश प्रमुख भट्टले दलित समुदायको हक, अधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।गत कार्तिक २१ गते मात्रै गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा… पुरा पढौ

परिवार नियोजनको अभियान भारती भवन र इन्द्रराज्यलक्ष्मीमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ ।अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिने छ । भारती भवनमा मा.विमा आयोजित कार्यक्रम… पुरा पढौ

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वयंसेवक फोर्स ९एनभिएफ० केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल,… पुरा पढौ