देश

संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन अपरिहार्य: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचनको मिति घोषणा गरिएको बताए । निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको… पुरा पढौ

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितले दिए धर्ना

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् । विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् । ‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरे । आयोगमा वास्तविक पीडितको… पुरा पढौ

मतदाताको उमेरको कट अफ डेट निर्धारण

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय कट अफ डेट निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने… पुरा पढौ

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुरा

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको छ । २०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए।तत्कालीन सात दल र माओवादीबिच २०६२ साल मङ्सिरमा १२ बुँदे सहमति भएपछि १० वर्षे सशस्त्र विद्रोह अन्त्य भएको थियो। सोही सहमतिको जगमा २०६२÷६३ मा १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेको थियो। विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा… पुरा पढौ

रत्नचोकमा श्रीकृष्ण प्रणामी मन्दिरको पुनः निर्माण

पोखरा ८ रत्नचोकमा श्रीकृष्ण प्रणामी सेवा समितिद्धारा सञ्चालित श्रीकृष्ण प्रणामी मन्दिरको पुनः निर्माण एवं सौन्दर्यकृत गरिएको छ । सो मन्दिरको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै श्रीकृष्ण धर्माचार्य अनन्तश्र्री विभूषित जगदगुरु आचार्य श्री कृष्णमणि महाराजले श्रीकृष्ण प्रणामी समुदायको साथ र सहयोगबाट पर्यटकीय शहर पोखरामा श्रीकृष्ण प्रणामी मन्दिर निर्माणमा साथ र सहयोग प्रदान गर्नेलाई धन्यवाद ब्यक्त गरे । धार्मिक शास्त्रहरु धेरै भएतापनि त्यसको सार एउटै भएको बताउदै विभिन्न देवी देवताका स्वरुप भएतापनि परमात्मा एउटै भएको उनको भनाइ रहेको थियो । ज्ञान… पुरा पढौ

हिमालय क्लवले निशुल्क आँखा शिविर गर्ने

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले निस्शुल्क आँखा जाँच शिविर गर्ने भएको छ । यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए ।दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारको प्राविधिक सहयोगमा हुने शिविरमा आँखा सम्बन्धि सम्पूर्ण जाँच गराईने जनाउँदै शिविरमा सहभागी हुन क्लवले अपिल समेत गरेको छ । निःशुल्क आँखा परिक्षण शिविरमा आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको व्यवस्था मिलाइएको छ । आवश्यक परेमा… पुरा पढौ

जेनजी आन्दोलनमा घाईते भएका कास्कीका घाईतेको मंसिर ७ गते वर्गिकरण गरिने

मंसिर ४ जेनजी आन्दोलनमा घाईते भएका कास्कीका घाईतेहरुको मंसिर ७ गते वर्गिकरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई उपचारपछि पनि पूर्ण रुपमा निको नभएका व्यक्तिहरुको मंसिर ७ गते आईतबार वर्गिकरण गर्ने जनाएको हो । जसका लागि जेनजी आन्दोलनमा घाईते भएकाहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी भवनस्थित जेनजी क्लिनिक कोठामा पूर्वाह्न १० बजेदेखि दिउँसो १ बजेसम्म उपस्थित हुन प्रशासनले आज एक सूचना निकालेर आग्रह गरेको हो । सूचनामा मंसिर ७… पुरा पढौ

लागू औषध ब्राउन सुगर सहित पोखरामा २ जना पक्राउ

कास्की प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं ८ बगाले टोलमा लागू औषध सेवन तथा बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरोको सयुक्त प्रहरी टोलिले गोरखा आरुघाट घर भई पोखरा ८ बस्ने २८ बर्षिय जाबिद हुषेन र झापा अर्जनधारा घर भई सोही ठाँउ बस्ने २६ बर्षिया अनु श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि हरी बहादुर बस्नेतले जानकारी दिए ।… पुरा पढौ

जेनजी समुहको निष्कर्ष ः कार्की नेतृत्वको सरकार असफल

जेनजी समुहले सुशीला कार्की नेतृत्वको बर्तमान सरकार असफल भएको निष्कर्ष निकालेका छन् । २३ वटा जेनजी संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै,जेनजी विद्रोहको आधारमै बर्तमान सरकार बने पनि त्यसले न्यूनतम प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गरेका छन् ।उनीहरुले सरकार असफल भएको निष्कर्ष निकाल्दै अब आफ्नै नेतृत्वमा सरकार गठन हुनपर्ने बताएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर ज्ञापनपत्र बुझाउँदै आफ्नै नेतृत्वमा सरकार गठन गरिदिन आग्रह गरेका हुन्। जेन(जी समूहले राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा पाँच प्रमुख अपेक्षा राखेको भनिएको छ ।वर्तमान सरकार दिशाहीन भएको आरोप… पुरा पढौ

नेकपा र जसपा एकता नजिक,टुंगिन बाँकी ३ मुद्दामा छलफल जारी

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी एकता नजिक पुगेका छन् । अनेक पटकको अनौपचारिक संवादपछि दुवै दलका नेताहरू एकतानजिक पुगेको भन्दै, दुई पार्टी बिच छिट्टै एकता हुने बताएका छन् । नेकपाको तर्फबाट वार्ता समितिमा रहेका नेता प्रकाश ज्वालाका अनुसार अहिलेसम्मको छलफलमा लगभग ५ वटा विषयमा सहमति जुटी सकेको छ। तर जसपाको तर्फबाट वार्ता समितिमा रहेकी रेनु यादव जेनजी आन्दोलनपछि आफ्नो पार्टी सबैसँग एकताका लागि छलफलमा रहेको बताउँछिन्।नेकपासँगको छलफलमा केही विषयमा सहमति भएको स्वीकार गर्दै यादवले भनिन्,… पुरा पढौ