देश

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग

नेपाल जेनजी फ्रन्टले मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ । फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकार प्रयोगमा भएको कठिनाई तर्फ ध्यानाकर्षण गराउँदै सहज बनाउन माग गरेको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई आफूहरुले उक्त… पुरा पढौ

एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । त्यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव… पुरा पढौ

सहारा क्लवको च्यारिटी डिनरबाट कति बचत ?

पोखरा, मंसिर ८ सहारा क्लव पोखराले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ हजार रुपैयाँ बचत गरेको छ । क्लवद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते पोखरामा आयोजित च्यारिटी डिनरमा सो रकम बचत गर्न सफल भएको हो । सो डिनर कार्यक्रमबाट कुल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो… पुरा पढौ

पर्वतको पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो ।औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम गरिएको भएपनि वन क्षेत्रसम्बन्धी कागजी प्रक्रिया, स्थानीय सहमति र प्रशासनिक ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको कुश्मा नगरपालिकाले जनाएको छ । परामर्शदाता छनोट, बोलपत्र आह्वानलगायतका कानुनी प्रक्रिया पूरा… पुरा पढौ

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताए ।… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप माघ २७ फागुन ९ गतेसम्म

सन्देश श्रेष्ठपोखरा, मंसिर ८ आहा ! रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ । आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । २५ औं संस्करणलाई रजत वर्षको रुपमा मनाउने र यसलाई… पुरा पढौ

कालाञ्जर हम्पालको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

पोखरामा क्लब स्तरिय पुरुष महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ७ मङ्सिर । पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए । छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता खेलकुदको माध्यमबाट… पुरा पढौ