देश

मंसिर लागेसँगै पोखरामा महोत्सव सिजन शुरु

सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा महोत्सव सिजन शुरु भएको छ । पर्यटकीय नगरी पोखरामा मंसिर शुरु भएलगत्तै महोत्सव सिजन शुरु भएको हो । महोत्सव सिजन मानिने मंसिरदेखि माघसम्ममा पोखरामा ५ वटा ठूला महोत्सव तथा मेला आयोजना हुने गरेका छन् । त्यसबाहेक अन्य साना आधा दर्जन भन्दा बढी मेला तथा महोत्सवहरु आयोजना हुने गर्छन् । उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ«े गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् । पोखरामा भने उस्तै प्रकृतिका… पुरा पढौ

राष्ट्रिय मावि पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।अख्तियारले राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान,व्यवस्थापन… पुरा पढौ

‘पिसिएम जब फेयर–२०२५’सम्पन्न, विद्यार्थी र व्यवसायी उत्साहित

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा ‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा विविए, विसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्यायनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए । कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीक घरानाविच सम्बन्ध कायम गराउने सेतुको भुमिंका निर्वाह गर्दै… पुरा पढौ

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, संयोजकमा सुदन किराँती

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।आइतवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक रुपमा घोषणा गरे । डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । सो पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए… पुरा पढौ

२१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल… पुरा पढौ

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ । सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने… पुरा पढौ

चुनावका लागि कांग्रेसले दियो दल दर्ताको निवेदन,एमाले अन्यौलमा

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका हुन् ।कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ । दोस्रो ठूलो दल एमालेले भने अहिलेसम्म दल दर्ताको लागि… पुरा पढौ

एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका बस्नेतमाथि आज बिहान विमानस्थलबाहिर आक्रमणको प्रयास भएको हो ।उनी सवार गाडीलाई लक्षित गर्दै रातो मसी फ्याँकिएको थियो । त्यसलगत्तै बस्नेतविरुद्ध नाराबाजी भएको थियो ।सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । पक्राउ पर्नेमा विराटनगर २ का १९ वर्षीय अरजित कुँवर र विराटनगर १ का २५ वर्षीय संजोग गौतम रहेका छन् ।… पुरा पढौ

टाइगर ग्रुप अफ पोखरा,नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

टाइगर ग्रुप अफ पोखरा, नेपाल नेपालको चौथो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै अटो वेयज प्रालिका अध्यक्ष नारायण पौडेलले टाइगर ग्रुपसंग सहकार्य गर्न तयार रहेको बताउँदै, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा सहकार्य गर्न सकिने बताउदै टाइगर ग्रुपले राम्रो काम गरिहेको बताए । सवै क्षेत्रका ब्यक्तिहरुलाई एककिकृत गरेर स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा गरेको कामको प्रसंशा गरे । उनले खेल खेलेर बाच्न सकिन्छ भन्ने उदाहरण क्रिकेट खेलले अहिले भैरहेको एनपीएलले देखाएको बताउदै खेल क्षेत्रको… पुरा पढौ

बाटुलेचौरमा निशुल्क आँखा जाँच शिविर,२ सय ७ जना लाभाम्वित

शिशिर उजाडपोखरा पोेखराको बाटुलेचौरमा भएको निशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना लाभाम्वित भएका छन् । त्यस क्षेत्रको अग्रणी सामाजिक संस्था हिमालय क्लवले आयोजना गरेको शिविरमा २ सय ७ जनाले आँखा जाँच गरेकोमा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । नयाँ बजारमा रहेको दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगामा भएको शिविरमा दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रशिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको जाँच गरेका थिए । मोतियाविन्दु देखिएका विरामीको अस्पतालको समवन्यमा उपचार गरिने… पुरा पढौ