देश

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

पोखरा जेसीजको अध्यक्षमा जेसी सुमन पहारी निर्वाचित भएका छन्। जेसीजको ४६ औं शाखा अधिवेशनले वर्ष २०२६ का लागी पहारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो। अध्यक्षमा पहारीले ५० मत ल्याएर निर्वाचित भएका हुन्।उनले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ जना मतदाता रहेको उक्त निर्वाचनमा ७४ मत मात्र खसेको थियो । खसेको कुल मतमध्ये प्रधानाङ्गलाई २४ मत मात्र प्राप्त भएको थियो। त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि… पुरा पढौ

टाईटन घडी कम्पनीले खोल्यो पोखरामा एक्सक्लुसिभ स्टोर

पोखरा, मंसिर १ टाइटन घडी कम्पनीले पोखरामा एक्सक्लुसिभ स्टोर खोलेको छ । टाईटनले पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमलमा शनिबारदेखि एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । पोखरामा पहिलो पटक एक्सक्लुसिभ स्टोर खोलेको टाईटनको देशभरमा भने यो एघारौं स्टोर हो । स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रिबन काटेर उद्घाटन गरे । सोमबारदेखि सञ्चालनमा आएको यस स्टोरमा टाईटन घडी कम्पनीका एक हजार प्रकारका विभिन्न डिजाईनका घडीहरु रहेको कम्पनीका ईन्टरनेसनल अपरेसन्स विजनेस म्यानेजर वसन्त वासुदेवनले जानकारी दिए । उनका अनुसार स्टोरमा पुरुषहरुका लागि… पुरा पढौ

ताल बाराही मावि व्यवस्थापन समितिको अध्यक्षमा ः गोविन्दराज पहारी

पोखरा, मंसिर १ । पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्, तेसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । नेपाल सरकारको शिक्षा… पुरा पढौ

सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हँुदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा… पुरा पढौ

अनेरास्ववियुको अध्यक्ष बने दीपक धामी

नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी चयन भएका छन् । संगठनको आज बसेको पदाधिकारी बैठकले डा। सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए ।जेनजी प्रदर्शनका क्रममा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए । बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन्… पुरा पढौ

दलहरु सहमत नभए चुनाव हुँदैनः संयोजक प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमति बिना निर्वाचन हुन नसक्ने बताएका छन् । काठमाण्डौंमा संचाकर्मिसँगको कुराकानीमा उनले निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारको भएको बताउँदै, आगामी फागुन २१ को निर्वाचनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताए। संयोजक प्रचण्डले देशमा उत्पन्न समस्या निर्वाचनबाट मात्रै हल हुने भन्दै सबै एकजुट भएर जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा जोड दिए । घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै, उनले वातावरण बनाउन आयोग गम्भिर हुनुपर्ने बताए ।… पुरा पढौ

राजबहादुर बने उत्कृष्ट करदाता, धेरै कर तिर्नेहरू सम्मानित,निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह उत्कृष्ट करदाता भएका छन्। त्यस्तै निकायहरुमा आ।व।२०८०र०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला नेपाल दूरसञ्चार प्राधिकरणले तिरेको विभागले जनाएको छ। एकलौटी फर्महरुमा सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित हुँदा वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपाल प्रालिले गरेको छ। यसैगरी सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रा लि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रा लि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल… पुरा पढौ

पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन

कास्कीका पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । उनको आजै घाचोकको रातोपानी घाटमा अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरिरमा भाई बिष्णु दवाडीले दागबत्ती दिएका थिए । स्वर्गीय दवाडीका श्रीमती सरीता, छोरा रोशन र छोरी संगीता छन् । छोरा रोशन र छोरी संगीता भने अमेरिकामा छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका घाचोकमा वि.सं. २०२६ सालमा जन्मिएका ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपालमा… पुरा पढौ

पोखरामा अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलुु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले बताए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ । पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा… पुरा पढौ

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ को ३ बमोजिम आयोगको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए । उनले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने… पुरा पढौ