देश

पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ

CHORI
पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ ।… पुरा पढौ

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए । यही चैत १९ गते मङ्गलबारबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा… पुरा पढौ

सुनको भाउमा दिनदिनै कीर्तिमानः आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५… पुरा पढौ

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । रासस पुरा पढौ

पोखराको अमरसिंहचौरमा यामाहाको मेघा एक्सचेञ्ज अफर, नगदसहित आकर्षक छुट

पोखरा, चैत १७ पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र… पुरा पढौ

प्रेस सेन्टरको नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत

पोखरा, चैत १७ प्रेस सेन्टरको नया नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित ९ जना सर्वसम्मत बिजयी भएका हुन् । प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा गण्डकीका दीपक श्रेष्ठ (जलन), केन्द्रीय सचिव (गण्डकी)मा दीपक भट्टराई र लेखा आयोग संयोजकमा अमृतराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा कास्कीका घनश्याम पाण्डे, कृष्ण दवाडी, बागलुङका थम्मन थापा (सन्देश), संगीता चेपाङ र लमजुङकी जुना तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी लेखा… पुरा पढौ

पोखरामापनि एथरको ४५० एक्स र ४५० एस मोडलको स्कुटर बिक्री शुरु

पोखरा, चैत १७ एथरको ४५० मोडलको दुई फरक स्कुटर पोखरापनि बिक्री शुरु भएको छ । काठमाडौंमा शनिबारदेखि बिक्री शुरु भएको २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी २ ब्याट्री विकल्पमा नेपाली बजारमा आएको एथर ४५० एक्स र ४५० एस मोडलका दुई फरक स्कुटर पोखरामा आईतबारदेखि बिक्री शुरु भएको हो । भारतीय विद्युतीय स्कुटर एथरको नयाँ ब्रान्डका रुपमा भित्रिएको यी स्कुटर वैद्य ईनर्जी प्रालिले नेपालमा भित्राएको हो भने पोखरामा आधिकारिक विक्रेता अटोवेजले भित्राएको हो । ‘बाईक अफ स्कुटर्स’ उपमा दिइएको… पुरा पढौ

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गरेका छन । मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो । उनले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट… पुरा पढौ

आज रमजान मुबारक समापन हुँदै

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ… पुरा पढौ

चलचित्र ‘दिलसरा’ को पुन: भव्य प्रदर्शन

१७ चैत, पोखरा । चलचित्र दिलसरा पोखरामा भव्य प्रदर्शन देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको नारी कथामा आधारित चलचित्र दिलसरा शनिबार पोखरामा पुनः प्रर्दशन भएको छ । पोखराको बाराही चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्र दिलसरा हेर्न पोखरेली दर्शकहरुको उलेख्य सहभागिता रहेको थियो । गत भाद्र ३ गते पोखरामा पहिलो प्रदर्शन गरिएको चलचित्र दिलसरा पोखरामै आज पुनः चौथो पटक प्रदर्शन गरिएको हो । पोखरेली दर्शकको मागका कारण पुनः प्रदर्शन गरिएको कार्यकारी निर्माता मेजर प्रेम थापा मगरले बताए । यसपटकको प्रदर्शनमा… पुरा पढौ