देश

राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईदै

पोखरा, चैत १४ राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईने भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ कास्कीमापनि ६८ औं राष्ट्रिय सहकारी दिवस साप्ताहिक कार्यक्रम गरेर मनाईन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सहकारी दिवसको अवसरमा चैत १४ गते विहीबार पत्रकार भेटघाट कार्यक्रम गरिएको छ भने चैत १५ र १६ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता, चैत १६ गते नै पोखरा पार्टी प्यालेसमै बुद्धिचाल प्रतियोगिता, चैत १६ गते जनप्रिय माविमा निबन्ध… पुरा पढौ

कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए पार्टीमा उजुरी

पोखरा, चैत १४ नेपाल विद्यार्थी संघ (नेविसंघ)को कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ जना केन्द्रीय सदस्यहरुले सभापती बराल नालायक भएको भन्दै कारवाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले विहीबार पोखरामा… पुरा पढौ

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ… पुरा पढौ

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन महिला र बालबालिका’: नेपाल प्रहरी

महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेका छन् । नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१र८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन् । नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषणले महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ । त्यसमा ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन् । प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार २६३ अभियुक्त रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार… पुरा पढौ

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गर्नुभएपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गरेको जानकारी दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय… पुरा पढौ

सरकारको निर्णय बदर गर्न माग गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेकाअनुसार बुधबार पेस भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो । उक्त विवादमा आगामी शुक्रबार सुनुवाइ हुने जनाइएको छ । रिट निवेदनमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार… पुरा पढौ

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु,… पुरा पढौ

देशका अधिकांश भागमा आज मौसम सफा रहने

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्ने छ । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा संस्कृति, पर्यटन… पुरा पढौ

पोखराको शैक्षिक सान प्रतिभा एजुकेसनले एभरग्रीन एकेडेमी सञ्चालन गर्ने

पोखरा, चैत १३ पोखराको शैक्षिक सान प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । प्रतिभा एजुकेसनले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । निजि बिद्यालय भएपनी विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, पुस्तकालय राखिएको जनाइएको छ । तेस्तै विद्यालयमा तला चढ्न लिफ्ट पनि राखिएको छ । प्रतिभा एजुकेसन फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौधिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त… पुरा पढौ