देश

पर्यटनको राजधानी घोषणापछि ‘पोखरा भ्रमण वर्ष’ घोषणा हुँदै, २० लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा, फागुन १ पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एक वर्ष अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । पर्यटनको राजधानी पोखरा भनेर गरिएको घोषणालाई सार्थक बनाउन पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ । यहि फागुन ३ गते शनिबार एक औपचारिक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको पोखरा महानगरपालिकाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखरा भ्रमण वर्ष–२०२५ मा मात्रै २० लाख… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, २१ देशका ३ हजार धावकसहित कुल १० हजारले दौडिने

पोखरा, फागुन १ पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा… पुरा पढौ

उज्वेकिस्तानको ब्ल्याक बुल्सपनि आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, फागुन १ उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत विहीबार भएको दोश्रो सेमीफाइनल खेलमा ब्ल्याक बुल्स एफसी ५ पटकको उपाधि बिजेता थ्रीस्टार क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि ब्ल्याक बुल्सले शनिबार नेपाल पुलिसको सामना गर्नेछ । सर्बाधिक ६ पटकको बिजेता पुलिस बुधबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड क्लवलाई १–० गोल… पुरा पढौ

शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरु उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ… पुरा पढौ

आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका… पुरा पढौ

जनयुद्ध दिवसमा कास्की माओवादीले ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी गर्दै

पोखरा, माघ ३० नेकपा माओवादी केन्द्र कास्कीले जनयुद्ध दिवसको दिन ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जनयुद्ध दिवसको दिन फागुन १ गते विहीबार पोखरामा बिचार गोष्ठी हुन लागेको हो । पोखराको ह्वाईट हाउस पार्टी प्यालेसमा हुने कार्यक्रममा नेकपा माओवादीका नेता तथा कानून्विद् खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रम पूर्वाह्न… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको २५० औं ऐतिहासिक खेलमा जित निकाल्दै नेपाल पुलिस क्लव फाइनलमा

पोखरा, माघ ३० नेपाल पुलिस क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पुलिसले चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुलिसलाई फाईनलमा पु¥याउन सञ्जिव लामाले निर्णायक गोल गरे । पुलिसले खेलको ५८ औं मिनेटमा एकमात्र गोल ग¥यो । पुलिसका लागि सञ्जिव लामाले गोल गर्दै पुलिसलाई जित दिलाए । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा… पुरा पढौ

सुनको मूल्य तोलामै २७०० सयले घट्यो, आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ । पुरा पढौ

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो । विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित… पुरा पढौ