देश

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो । बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका… पुरा पढौ

चैत्र शुक्ल अष्टमी: चैते दसैँ

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका… पुरा पढौ

पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा। पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए । २०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ वर्षपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो… पुरा पढौ

पोखरा चेम्बर अफ कमर्स कास्कीको शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमोचन

पोखरा, चैत २२ पोखरा चेम्बर अफ कमर्स कास्कीले विहीबार पोखरामा नया वर्ष २०८२ सालको शुभकामना आदानप्रदानसँगै भित्रेपात्रो विमोचन गरेको छ । कार्यक्रममा सहभागीले आपसमा नया वर्ष २०८२ को शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले छापेको भित्रे पात्रोको गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, संस्थाका सल्लाहकारहरु सञ्जीवबहादुर कोइराला, माधव बास्तोला, विष्णुप्रसाद बास्तोला, प्रेस सल्लाहकार श्यामनाथ कुँवर, पोखरा उद्योग वाणिज्य सङ्घका… पुरा पढौ

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । “संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाका ‘अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा ७ बमोजिम पद रिक्त… पुरा पढौ

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।” थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार… पुरा पढौ

डढेलोका बहुअसरहरु यस्ता छन्

गण्डकी । नेपालको वनजङ्गल बर्सेनि डढेलोको चपेटामा पर्दै आएको छ । चैत–वैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरि पाँच हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए । सानानिता डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल र त्यसले वनजङ्गलमा पु¥याउने क्षति आकलनबाहिर रहेको विभागका पदाधिकारी बताउँछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीका अनुसार गत साता मात्र देशका २७२… पुरा पढौ

गण्डकीका मन्त्री थापा निरन्तर सामाजिक सेवामा : ७ वर्षमा खर्चिए ७९ लाख

पोखरा, चैत १९ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले झण्डै ८० लाख सामाजिक सेवामा खर्चिएका छन् । राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका थापाले पछिल्लो ७ वर्षमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक सेवामा खर्च गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । २०७४ सालबाट निरन्तर दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित थापा हाल विगत दुई वर्षदेखि प्रादेशिक मन्त्री छन् । उनले ७ वर्षको अवधीमा प्रदेशसभा र मन्त्रालयबाट… पुरा पढौ

गण्डकीमा भागवण्डामा खेलकुद पदाधिकारी नियुक्त

पोखरा, चैत १९ गण्डकी प्रदेशका ८ जिल्लाहरुले नया खेलकुद पदाधिकारी पाएका छन् । गण्डकी प्रदेशमा भागवण्डाका आधारमा ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको हो । गण्डकीमा ११ जिल्ला भएपनि ३ जिल्लामा भने पदाधिकारी अझै नियुक्त भएका छैनन् । गण्डकी प्रदेशका सबै जिल्ला खेलकुद विकास समितिमा फागुन ९ गतेदेखि पदाधिकारी रिक्त रहेका थिए । जसका कारण खेलकुदका कामकारवाही प्रभावित भएका थिए । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई भागवण्डा… पुरा पढौ

आजको मौसम: पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति… पुरा पढौ