देश

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताए । ढलानको काम यसै सातादेखि थालिने छ । “पहिलो… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए । “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।”… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु भएको छ । चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । ल्हासाबाट १०७ यात्रु बोकेको हिमालय एयरलाइन्सको जहाज सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका हुन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतले स्वागत गरेका थिए । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो वायु सेवा कम्पनी… पुरा पढौ

हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने, महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरा, चैत १८ पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ

CHORI
पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ ।… पुरा पढौ

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए । यही चैत १९ गते मङ्गलबारबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा… पुरा पढौ

सुनको भाउमा दिनदिनै कीर्तिमानः आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५… पुरा पढौ

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । रासस पुरा पढौ

पोखराको अमरसिंहचौरमा यामाहाको मेघा एक्सचेञ्ज अफर, नगदसहित आकर्षक छुट

पोखरा, चैत १७ पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र… पुरा पढौ

प्रेस सेन्टरको नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत

पोखरा, चैत १७ प्रेस सेन्टरको नया नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित ९ जना सर्वसम्मत बिजयी भएका हुन् । प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा गण्डकीका दीपक श्रेष्ठ (जलन), केन्द्रीय सचिव (गण्डकी)मा दीपक भट्टराई र लेखा आयोग संयोजकमा अमृतराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा कास्कीका घनश्याम पाण्डे, कृष्ण दवाडी, बागलुङका थम्मन थापा (सन्देश), संगीता चेपाङ र लमजुङकी जुना तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी लेखा… पुरा पढौ