देश

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्ने छ । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा संस्कृति, पर्यटन… पुरा पढौ

पोखराको शैक्षिक सान प्रतिभा एजुकेसनले एभरग्रीन एकेडेमी सञ्चालन गर्ने

पोखरा, चैत १३ पोखराको शैक्षिक सान प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । प्रतिभा एजुकेसनले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । निजि बिद्यालय भएपनी विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, पुस्तकालय राखिएको जनाइएको छ । तेस्तै विद्यालयमा तला चढ्न लिफ्ट पनि राखिएको छ । प्रतिभा एजुकेसन फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौधिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त… पुरा पढौ

पोखरामा ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यूरोड हबको बिजयी शुरुवात

पोखरा, चैत १३ पोखरामा बुधबारदेखि शुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि मार्सल बरालले २१ ब्लमा… पुरा पढौ

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।… पुरा पढौ

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ… पुरा पढौ

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक ९पाक शिक्षा० तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ।तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ

कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति माओवादीका प्रदेशसभा सदस्य जुग्जाली र भण्डारीको आपत्ति

पोखरा, चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति गण्डकी प्रदेशका माओवादी सांसदहरुले विरोध जनाएका छन् । म्याग्दीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभा सदस्यहरु हरि भण्डारी र रेशम जुग्जालीले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका हुन् । जुग्जालीले बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको छलफलका क्रममा विरोध जनाएका थिए । उज्यालो नेपालका नायक कुलमानलाई हटाएर सरकारले सबै कर्मचारीलाई… पुरा पढौ

‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता–२०८१ भोलिदेखि

पोखरा, चैत १२ पोखरामा भोलिदेखि ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो । इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा भोलिदेखि शुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको… पुरा पढौ