देश

मणिपाल मेडिकल कलेजले भित्रायो एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’

पोखरा, चैत १० पोखरामा रहेको नेपालकै चर्चित मणिपाल मेडिकल कलेजले एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’ भित्राएको छ । चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अध्ययनमा सहजता मिलोस् भन्ने उद्देश्यले कलेजले मानिसको शरिरका अंगहरु काटेर हेर्न मिल्ने थ्री डी ईम्याजिनेसनमा आधारित ‘क्याडाविज’ भित्राएको हो । यस्तो मेसिन नेपालमै पहिलोपटक मेडिकल कलेजले भित्राएको मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले दाबी गरे । यो मेसिन भित्रिएपछि चिकित्सा शिक्षा अध्ययन गरिरहेका एमबिबिएस, नर्सिङ, पारा मेडिकल, बिएससी एमएमटी, बिएससी एमआईटीलगायतका विद्यार्थी लाभान्वित हुने कलेजकी एन्टोनोमी विभाग… पुरा पढौ

विगत र वर्तमान अवस्थाबारे तथ्याङ्क केलाएर जनतालाई बुझाईदिन विज्ञहरुलाई एमाले महासचिवको आग्रह

पोखरा, चैत ११ नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केहि भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए । मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार… पुरा पढौ

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल

पोखरा । गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन् । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्राप्त सुझावहरूलाई अनुुसरण गर्दै विधेयक पारित हुने बताए । “सैदान्तिक छलफलपछि विधेयक विषयगत समितिमा पठाइनेछ, जसका लागि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिनेछ। समितिमा पुगेपछि विज्ञहरूसँग… पुरा पढौ

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह… पुरा पढौ

पीएन क्याम्पसको स्ववियु मतगणना सुरु

कास्कीको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतगणना सुरु भएको छ । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पिएन क्याम्पसमै स्ववियूको मतगणना सुरु भएको हो । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो । अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल,… पुरा पढौ

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण… पुरा पढौ

राजस्व परामर्श समिति र व्यवसायीबीच पोखरामा छलफल : अर्थतन्त्र चलायमान बनाउने गरी नीतिगत सुधार गर्न व्यवसायीको आग्रह

१० चैत्र, पोखरा ।आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तथा राजस्व नीति तर्जुमाका लागि राजस्व परामर्श समितिले पोखराका व्यवसायी तथा सरोकारबालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरेको छ । कार्यक्रममा व्यवसायीहरूलेअर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत सुधार गर्न आग्रह गरेका छन् । व्यवसायीहरूले राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन सुझाव दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व परामर्श समितिका संयोजक तथा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रको मनोवल उच्च पार्ने र अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारका नीति तर्जुमा हुने बताउनु… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद भोलि

पोखरा, चैत १० कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा भोलि हुँदैछ । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको छाता संस्थाको रुपमा रहेको संघको १० औं केन्द्रीय परिषदको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ हुने परिषदको उद्घाटनअघि प्रभातफेरी निकालिने जनाइएको छ । होटल… पुरा पढौ

पीएन क्याम्पसको स्ववियु चुनावमा विद्यार्थीमा देखिएन उत्साह

पोखरा, चैत १० पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा मतदाता विद्यार्थीमा उत्साह देखिएन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पीएन क्याम्पसको स्ववियु चुनावमा झण्डै एक तिहाई विद्यार्थीले मात्र मतदान गरेका हुन् । यसअघि मतदानमा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि हुने गरेपनि यस वर्ष कुल मतदाताको ३९.१२ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ । पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ हजार ८ सय ६६ जनाले मतदानका लागि परिचय… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा रू छ अर्ब… पुरा पढौ