देश

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

पुस २० सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए । प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए । “यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन”, उनले भने, “राष्ट्रिय विभूति… पुरा पढौ

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : अध्यक्ष प्रचण्ड

पुस २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । “विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ”, अध्यक्ष… पुरा पढौ

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन । प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द… पुरा पढौ

आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो । विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ । राष्ट्रसङ्घका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् । दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा,… पुरा पढौ

देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए । उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ… पुरा पढौ

आजको मौसम: दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस पुरा पढौ

सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह

पुस १९ काठमाण्डौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ । संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल… पुरा पढौ

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे

पुस १९ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा केकति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याए । बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भने, “पर्यटन बोर्ड पर्यटन क्षेत्रको… पुरा पढौ

एकीकृत समाजवादी गण्डकीको अधिवेशन माघ २६ र २७ गते हुने

पोखरा, पुस १९ नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन आगामी माघको चौथो साता हुने भएको छ । एकीकृत समाजवादी गण्डकीको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा गर्ने निर्णय भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जनाइएको छ । नया नेतृत्व चयन गर्ने अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका करीब ६ सय प्रतिनिधि सहभागी हुने नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने

पोखरा, पुस १९ पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले शुक्रबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने सहमति भएको हो । यसअघि महानगर परीक्षा समितिको दुई हप्ताअघि बसेको बैठकले कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने निर्णय गरेको थियो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको संयोजकत्वमा रहेको समितिले गरेको सो निर्णयलाई शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले अनुमोदन गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी… पुरा पढौ