देश

न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड

पुस ५ पोखरा । सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् । न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्दै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति… पुरा पढौ

‘टुर दी पोखरा’को सातौं श्रृंखला पुस १३ गते हुने

पोखरा, पुस ५ पोखरामा वर्षेनी हुँदै आएको ‘टुर दी पोखरा’ले यस वर्षपनि निरन्तरता पाउने भएको छ । साइकल सिटी पोखराले साइकल संस्कृति बसाउने उद्देश्यले आयोजना गर्दै आएको ‘टुर दी पोखरा’को सातौं श्रृंखला यहि पुस १३ गते शनिबार हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । साइकल सिटी पोखराले सन २०१५ मा ‘स्वस्थ… पुरा पढौ

प्रतिभा माविको फुटसल प्रतियोगितामा ३३ समूह सहभागी

पोखरा, पुस ५पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सेक्सन फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् । प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका छन्… पुरा पढौ

मुग्लिन-पोखरा सडकः २० किमी खण्डमा अन्तिम कालोपत्र

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ । उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । उनले भने, “यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटरको काम भइरहेको छ ।” पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३… पुरा पढौ

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका हुन । उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन। मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले… पुरा पढौ

मुग्लिन –पोखरा सडक: पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप

मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्ड विस्तार गर्न आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी… पुरा पढौ

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ।विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र… पुरा पढौ

एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा प्रवेश

पुस ४ काठमाण्डौं । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । जनकपुरको यो जितमा जिमी निशमले… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ… पुरा पढौ

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए। ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट… पुरा पढौ