देश

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित… पुरा पढौ

‘परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री डा राणको आग्रह

पुस २४ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेका छन् । परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेका हुन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री… पुरा पढौ

शिक्षामन्त्रीलाई खुल्ला पत्र

मितिः २०८१ पौष २४ गते बुधबारमाननीय मन्त्रीज्यूशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौँ । देश दुखेको वेला, भविष्यका कर्णधारहरूले मुलुकमा भविष्य नदेखेर दैनिक हजारौँ युवाहरू बिदेसिने अवस्थाको दृश्यले मन भित्र भित्र छटपटी भए पनि शारीरिक रूपमा सुस्वास्थ्यको कामना गर्दछु । जनताका निर्वाचित प्रतिनिधि स्वयम्ले निर्माण गरेको संविधान प्राप्त गरेको झन्डै दशक समय बित्यो । सामान्य किसान परिवारको व्यक्ति मुलुकको सर्वोच्च पद राष्ट्रिपतिमा चुनिन सक्ने व्यवस्था आएको पनि १६–१७ वर्ष भइसकेछ तर मुलुक बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रको व्यवस्थापन… पुरा पढौ

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक… पुरा पढौ

बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए । रासस पुरा पढौ

सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए । यसअघि प्रतिवादी लीला पछाईँ… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा… पुरा पढौ

तीन दिनयता सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा तीन दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । पुरा पढौ

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ । गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता… पुरा पढौ

प्रधानमन्त्रीद्वारा भूकम्पबाट सुरक्षित रहन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो । रासस पुरा पढौ