देश

‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ :वन मन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन । आज हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोेजित गोष्ठीमा उनले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताए । मन्त्री शाहीले नेपालमा हिउँ चितुवाको बसोबास क्षेत्र, उसको बानी व्यवहार र संरक्षण रणनीतिका बारेमा गहन अनुसन्धान गर्दै लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनका अनुसार हिउँ चितुवा संरक्षण सफल बनाउन र द्वन्द्व कम गराउन संरक्षणमा स्थानीय… पुरा पढौ

पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा… पुरा पढौ

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : सभापति देउवा

मंसिर १२ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए । सभापति देउवाले भने, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ… पुरा पढौ

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

मंसिर १२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । मन्त्री ताभियोले नेपालको जलविद्युत्, फोहरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका… पुरा पढौ

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

मंसिर १२ काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल… पुरा पढौ

संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य बनाउँछ : मन्त्री थापा

मंसिर १२ पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् । पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधवार उद्घाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रवार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपुर्ण हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

सामाजिक सञ्जाल र अनलाईन मिडियामा अराजकता रहेकाले नियमनको तयारी भइरहेको छ : मन्त्री गुरुङ

पोखरा, मंसिर १२ सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका छन् । रेडियो नेपालको आयोजनामा पोखरामा बुधबार आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले टिकटकलगायतका सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका हुन् । दुर्गा प्रसाईंजस्ताको अभियानपनि त्यहि सामाजिक सञ्जालभित्रै रहेको बताउँदै उनले भने,‘यसले जताततै अराजकता फैलाएको छ । अहिले त शब्द÷शब्द, वाक्य÷वाक्यमा यति धेरै अराजकता बढेको छ कि भनिसाध्य छैन ।’… पुरा पढौ

आईसिसी प्रतिनिधिलाई पोखरा क्रिकेट रंगशालामा पूर्वाधार निर्माण गरिदिने प्रदेश र महानगरको आश्वासन

पोखरा, मंसिर १२ विश्व क्रिकेटको सर्वोच्च निकाय अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) टोलीले पोखरा क्रिकेट रंगशालाको अवलोकन गरेको छ । महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तिमा दुई वटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिभूवन विश्वविद्यालय (टियू) मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ । जसको सम्भाव्यता अध्ययनका लागि आएको आईसिसीको टोलीले रंगशालाको अवलोकन गरेर त्यसका सरोकारवालाहरुसँग छलफलसमेत गरेको हो । आईसिसीका सिनियर म्यानेजर रोहित पोदार, एसिया डेभलपमेन्ट म्यानेजर ईम्यानुयल… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा सोमबार र मंगलबार उच्च अंकको गिरावट आएको सुनको मूल्य बुधबार भने बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

मंसिर ११ काठमाण्डौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् । मन्त्रालयमा आज राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाँडै देखिने सुनाए । विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने, यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारीको भनाइ थियो । यो समयमा डिडिसीले दूध खरिदमा… पुरा पढौ