देश

एनपीएलको उद्घाटन खेलमा  जनकपुर बोल्ट्सको विजयी शुरुवात

मंसिर १५ काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले… पुरा पढौ

बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिन्छ : परराष्टमन्त्री डा देउवा

मंसिर १५ पोखरा । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन्, “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ… पुरा पढौ

सन्दर्भ विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा।सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमति कम… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिए… पुरा पढौ

नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि… पुरा पढौ

काठमाण्डौंमा रविको बयान शुरु, अब आइतबार फेरि हुने

मंसिर १४ काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबारबाट बयान लिन सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ६ घन्टा बयान लिइएको हो । बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिलको कार्यालय उपस्थित गराइएका लामिछानेलाई दिउँसो साढे तीन बजे जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताए। कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन… पुरा पढौ

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति

मंसिर १४ काठमाण्डौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् । यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए । उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार… पुरा पढौ

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

मंसिर १४ भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताएकी छन् । विश्वविद्यालयका सहकुलपति समेत रहेकी मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन् । अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षमतामा आधारित… पुरा पढौ

यु–१९ एसिया कप : नेपाल श्रीलङ्कासँग पराजित

मंसिर १४ काठमाण्डौं । उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो । श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२… पुरा पढौ

एनपीएलको तयारी पूरा , भोलि जनकपुर बोट्ल्सले विराटनगर किङ्स भिड्दै

मंसिर १४ काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए । अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ… पुरा पढौ