देश

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था… पुरा पढौ

संवैधानिक परिषद्को बैठक स्थगित

भदौ २६काठमाण्डौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाएको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि… पुरा पढौ

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल

भदौ २६ काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् । उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । सो क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भने, “नेपालमा व्यवसाय सञ्चालन गर्दा… पुरा पढौ

टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

भदौ २६ काठमाण्डौं । आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् । त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो,… पुरा पढौ

‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’

भदौ २६ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताएका हुन् । पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गरे । उनले… पुरा पढौ

पोखरा हत्या प्रकरण : सम्बन्ध बिच्छेदको प्रक्रिया चलिरहेको थियो

पोखरा, भदौ २६ पोखरामा आज भएको श्रीमती हत्या आरोपित जहरसिंह कुँवर मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भएको खुलेको छ । वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह कुँवर डिप्रेसनको सिकार थिए । उनले नियमित औषधीसमेत लिने गरेको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमान जहरसिंहले आज दिउँसो सामान्य विवादमा श्रीमती राधिका कुँवरको हत्या गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंहले आफ्नै श्रीमती ४० वर्षीया राधिकाको आज हत्या गरेका हुन् । कुँवर… पुरा पढौ

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक… पुरा पढौ

पोखराका एक व्यक्तिले गरे श्रीमतीको हत्या

पोखरा, भदौ २६ पोखराका एक व्यक्तिले सामान्य विवादमा श्रीमतीको हत्या गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंह कुँवरले आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरको आज हत्या गरेका हुन् । दिनहुँ केहि न केहि विषयमा विवाद भइरहने कुँवर दम्पतीबीच मिलाप थिएन । वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह र उनको श्रीमतीबीच दिनहुँजसो झैझगडा हुने गरेको थियो । सोहि कारण उनीहरुबीच सम्बन्ध बिच्छेदको प्रक्रियापनि अदालतमा चलिरहेको थियो । अदालतको आदेश नआईञ्जेल सँगै… पुरा पढौ

पो.उ.वा.संघ चुनाव : आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने पोखरा सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा, भदौ २६ पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै… पुरा पढौ

गण्डकी प्रदेश सहित केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा… पुरा पढौ