देश

गण्डकीका मन्त्री मनाङेले दिए राजिनामा

पोखरा, भदौ १७ गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसोमात्र मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए । एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा भएलगत्तै सोहि कार्यक्रममा सहभागी… पुरा पढौ

अन्ततः एमालेपनि गण्डकी सरकारमा

गण्डकीमा अन्ततः एमालेपनि सरकारमा सहभागि भएको छ । केन्द्रको गठबन्धनको मर्म अनुसार गण्डकीमापनि एमाले र कांग्रेसको मात्रै सरकार बन्नुपर्ने र मन्त्रालय संख्या ७ लाई नबढाउने अडानमा रहेको एमाले अन्ततः दुबै शर्त मानेर सरकारमा सहभागि भएको हो । आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कुनैपनि हालतमा नहटाउने अडानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अडिग रहेपछि अन्ततः एमाले लत्रिएर सरकारमा सहभागि हुन बाध्य भएको हो । एमालेको शर्त नमानेका मुख्यमन्त्री… पुरा पढौ

मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप

निर्माणाधीन मुग्लिन(पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो । यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन(पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले राससलाई जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी… पुरा पढौ

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट… पुरा पढौ

आज मोती जयन्ती मनाइँदै

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याउएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली… पुरा पढौ

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको… पुरा पढौ

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

भदौ १६ काठमाण्डौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिएका हुन् । नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको… पुरा पढौ

गण्डकीमा मन्त्रालय थपेर ९ पुर्याइयो, कांग्रेसले ५, एमालेले ४ मन्त्रालय लिनेगरी भागवण्डा

पोखरा, भदौ १६ गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालयमात्र थियो । गण्डकी प्रदेशमा शुरुमा १२ मन्त्रालय, त्यसपछि ११ र ८ मन्त्रालय बनाइएको थियो । मन्त्रालय धेरै बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि खगराज अधिकारी मुख्यमन्त्री बनेका बेला ७ मन्त्रालयमा झारिएको थियो । तर अहिले फेरी २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने… पुरा पढौ

प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ

भदौ १६ काठमाण्डौं । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू क्रमश : प्राडा कृष्णप्रसाद ओली, डा शङ्कर शर्मा, डा शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । उनीहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपालबीच सरकार र नागरिकस्तरको सम्बन्ध, व्यापार,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

भदौ १५ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । अव नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटरको १६३ रुपैयाँ र डिजल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम हुने भएको छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत्… पुरा पढौ