देश

राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : नवनियुक्त मुख्यसचिव

साउन १० काठमाण्डौं । नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन सफल भएकी हुन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७… पुरा पढौ

रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन

साउन १० काठमाण्डौं । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो । उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ छन् । आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले… पुरा पढौ

ललितपुरमा चार जनामा हैजा पुष्टि

साउन १० काठमाण्डौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार… पुरा पढौ

विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमको श्रद्धाञ्जली

साउन १० काठमाण्डौं । नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ–पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जानाप्रति श्रद्धान्जली प्रकट गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो । विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते हुनुभएको थियो । निगमले घाइते भएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बुधबार विहान काठमाण्डौँबाट पोखरा… पुरा पढौ

यातायात व्यवसायीले गरे मुख्यमन्त्री र जिल्ला प्रशासन घेराउ, राईड सेयरिङलाई वैधानिकता नदिन माग

पोखरा, साउन १० राईड सेयरिङलाई वैधानिकता दिन लागेको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले राईड सेयरिङलाई वैधानिकता दिनेगरी कार्यविधी बनाउन लागेको भन्दै पोखराका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । गण्डकी प्रदेश सरकारले नीजि सवारी साधनमा यात्रु बोक्न दिनेगरी राईड सेयरिङलाई वैधानिकता दिन लागेको छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले नीजि सवारी साधनहरु रातो प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई यात्रु बोक्न दिनेगरी कार्यविधी बनाएको छ । सो कार्यविधी पारित गर्न विहीबार… पुरा पढौ

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९… पुरा पढौ

गण्डकी लगाएत पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती,… पुरा पढौ

सरकारद्वारा विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

साउन ९ काठमाण्डौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव… पुरा पढौ

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त

साउन ९ काठमाण्डौं । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो । “दुर्घटनाको प्रभावकारी छानबिनगरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ”, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस दुःखद् घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ… पुरा पढौ

नेप्से परिसूचक २७ अङ्कले घट्यो

यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय… पुरा पढौ