देश

उदाहरणीय नेत्रलाल, जसले भेट्टाएको ५६ हजारसहितको पर्स फिर्ता गरे

पोखरा, भदौ ३ आम मान्छेले बाटोमा पैसा भेट्टाए के गर्छन् ? जस्तै मै हुँ भन्नेलेपनि चुपचाप गोजीमा हाल्छन् । तर समाजमा यस्ता मान्छेहरुपनि हुन्छन् जसले भेटेको रकम जस्ताकोतस्तै फिर्ता गर्छन् । त्यस्ता मान्छेहरु हाम्रै समाजमा अहिलेपनि भेटिन्छन् । यसको उदाहरण हुन् पोखरा १७ ढुंगेसाँघुका नेत्रलाल भण्डारी । जसले सोमबार भेट्टाएको नगद ५६ हजारसहितको पर्स फिर्ता गरेका छन् । भण्डारीले पोखराबाट बागलुङ जाने क्रममा आज पूर्वाह्न करीब १० बजे रकमसहितको पर्स भेट्टाएका थिए । म बागलुङ जाने भनेर जाँदै थिएँ,उनले भने,‘याम्दीको… पुरा पढौ

मगर संस्कृतिमा आधारित ‘दिलसरा’ चलचित्रको पहिलो सो हाउसफुल

पोखरा, भदौ ३ मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को पहिलो प्रदर्शनी हाउसफुल भएको छ । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को सोमबार पोखरामा गरिएको पहिलो प्रदर्शनी हाउसफुल भएको हो । पोखरा सभागृह हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न हल दर्शकको ओईरो लागेको थियो । करीब १ हजार ६ सय जना अट्ने हलमा दर्शक नअटाएपछि दुई सो गर्ने आयोजकले घोषणा गर्नुपरेको थियो । दोश्रो सो सोमबारै ३ः३० बजे प्रदर्शनी गरिएको छ । चलचित्र हेर्न मगर समुदायका अनुहार बाक्लो मात्रामा थियो भने… पुरा पढौ

हवाई भाडा घटेपछि पोखराबाट अन्र्तराष्ट्रिय फ्लाईटपनि हुने र पर्यटकपनि बढ्ने पोखरेली पर्यटन व्यवसायीको आशा

पोखरा, भदौ २ पोखरेली पर्यटन व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान हुनेमा आशावादी रहेको बताएका छन् । पोखरेली पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले आज पोखरामा पत्रकार सम्मेलन गरेर पोखराबाट चाँडै अन्र्तराष्ट्रिय उडान हुने विश्वास व्यक्त गरेको हो । पोखराबाट हुने उडानमा भ्याट तिर्नुनपर्ने र हालै सरकारले पोखराबाट उडान गर्ने हवाई कम्पनीलाई प्रति किलोलिटर १ सय डलर अनुदान दिने घोषणा गरेपछि पोखराबाट सिधै अन्र्तराष्ट्रिय उडान हुने सम्भावना बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । भ्याटपनि कटौति हुने र तेलमा… पुरा पढौ

पर्यटनको पहिलो गन्तव्य पोखरा नै हो : मेयर आचार्य

पोखरा, भदौ २ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशले ट्रेकिङ भरिया (पोर्टर)हरुका लागि आयोजना गरेको तालिमको आईतबार आयोजित समापन कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले यसलाई पर्यटनको पहिलो गन्तव्य बनाउन आग्रह गरेका हुन् । पर्यटनको राजधानी घोषणा गरेपछिपनि सरोकारवाला निकायहरुले पोखरालाई पहिलो गन्तव्य भन्न हिच्किचाएकोप्रति उनले असन्तुष्टी व्यक्त गरे । मेयर आचार्य भन्दा अगाडि बोलेकी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ्म)की… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा

पोखरा, भदौ १ पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अर्जुन पोखरेलको प्यानल घोषणा भएको छ । संघको यहि भदौ २८ र २९ गते हुने महाधिवेशनबाट नेतृत्व लिनका लागि पोखरेको प्यानल घोषणा भएको हो । संघको आगामी कार्यकालका लागि अध्यक्षमा पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । यसअघिको निर्वाचनमा पराजित पोखरेलले वर्तमान कार्यसमितिमा रहेकाहरुलाई समेटेर प्यानल घोषणा गरेका हुन् । यसअघि वर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानलमा प्रस्तावितहरुलाई आफ्नो पक्षमा ल्याउँदै पोखरेलले शनिबार पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गरे । कार्यकारिणी… पुरा पढौ

कास्की प्रहरीद्वारा साउन महिनामा मात्र २७ फरार प्रतिवादी पक्राउ

पोखरा, साउन ३२ कास्की प्रहरीले साउनमा मात्र २७ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन १ गतेदेखि ३२ गतेसम्ममा २२ पुरुष र ५ महिला गरेर २७ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरु अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकीहरु रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । पक्राउ परेकाहरु मध्ये चेक अनादार मुद्दामा १३ जना, लागू औषध मुद्दामा ५ जना, चोरी… पुरा पढौ

महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउने मुख्यमन्त्री पाण्डेको आस्वासन

पोखरा, साउन ३१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताएका हुन् । उद्यमशीलता नहुँदा महिला परनिर्भर… पुरा पढौ

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

पोखरा । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदै छ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरुले संघर्ष गर्नुपर्ने… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुन्छ:शिक्षामन्त्री भट्टराई

काठमाडौ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराएका छन् । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएका हुन् । उनले भनेका छन्, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले… पुरा पढौ