देश

प्रधानमन्त्री प्रचण्डलाई राप्रपा र जसपा र जनमत पार्टीले विश्वासको मत नदिने

असार २७ काठमाण्डौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद छन् । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको… पुरा पढौ

२ लाख २२ हजार राशीको श्रीपती समाजसेवा पुरस्कारबाट सन्दुक रुईत पुरस्कृत हुने

पोखरा, असार २७ यस वर्षको श्रीपती समाज सेवा पुरस्कार समाजसेवी सन्दुक रुईतलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता डा.सन्दुक रुईतलाई पुरस्कृत गर्ने आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा… पुरा पढौ

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ… पुरा पढौ

दुई प्रमुख दलबीच समझदारी भएसँगै राष्ट्रियसभाको बैठक प्रभावित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो ।आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । आजको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण… पुरा पढौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिमा सर्वज्ञ वाग्ले

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विमला निरौला ५९५ मतसहित उपविजेता भइन् ।समितिको वरिष्ठ उपाध्यक्षमा ९५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठ ४८८ मतसहित उपविजेता भए । समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८१८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६२२ मतसहित उपविजेतामा चित्त बुझाउन परेको छ । एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७४९ मतले निर्वाचित हुँदा दिनेशराज… पुरा पढौ

बढीपहिराले आज कहाँ-कहाँ अवरुद्ध छन् राजमार्ग हेरौँ

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन… पुरा पढौ

सडकको अवस्था बुझेर मात्रै यात्रा गरौँ

काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ । बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ । यसैगरि , चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ ।… पुरा पढौ

‘स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन’ : प्रवक्ता महत

असार २६ काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आज यहाँ आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उनले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताएका हुन् । पूर्वअर्थमन्त्री डा महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले… पुरा पढौ

संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको अध्यक्ष ओलीको स्पष्टोक्ति

असार २६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पारे । संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उनले बताए । अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताए । एमाले र कांग्रेस मिलेर… पुरा पढौ