देश

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

असार २९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता… पुरा पढौ

सहयोगी मनहरुको समाजद्वारा दुई क्यान्सर पीडितलाई ३० हजार सहयोग

पोखरा, असार २९ सहयोगी मनहरुको समाजले दुई जना ब्लड क्यान्सर पीडितलाई कुल ३० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ईजराईल रिटर्न पोखराको प्रथम अधिवेशनको अवसर पारेर ब्लड क्यान्सर पीडित द्वय पोखरा महानगरपालिका वडा नम्बर(२९ आदर्शचोकका ५ वर्षिया बालिका स्मारिका थापा र स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर(१ का १९ वर्षिय अभिषेक नेपालीलाई नगद रु १५÷१५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रममा संस्थाको तर्फबाट ईजराईल रिटर्न पोखराका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ र उपाध्यक्ष सुनिता पन्त पौडेलले रकम हस्तान्तरण गरे… पुरा पढौ

आभाष अभिजित बेबिल्याण्डको सिद्ध बराह आधारभुत विद्यालयलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आउनुभएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । आयोजकका तर्फबाट… पुरा पढौ

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताए । भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उनले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख… पुरा पढौ

मानव बेचविखनमा दोषी ५ जनालाई जेल सजाय

१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गरेको हो । न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो । फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२ की कमला परियारलाई एउटा… पुरा पढौ

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् । प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए । “लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको… पुरा पढौ

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

असार २८ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकिएको उल्लेख छ । “प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन… पुरा पढौ

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित

असार २८ चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए । “नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो,… पुरा पढौ

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस–एमालेको तयारी

असार २८ काठमाण्डौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गरे । सोही… पुरा पढौ

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

असार २८ काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताएका हुन् । सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताए । “कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उनले… पुरा पढौ